काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आबुखैरेनी दुर्घटनाप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेको छ ।
उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ भदौ ७ गते शुक्रबार शोकवक्तव्य जारी गर्दै पार्टीले दुःख व्यक्त गरेको हो ।
वक्तव्यमा यस खालका दुर्घटना बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै त्यसको न्यूनीकरणमा ध्यान दिन सरकारसित माग गरिएको छ ।
यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :
“आज २०८१ भदौ ७ गते शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आबुखैरेनी नगरपालिका–२ स्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा हालसम्म २७ जनाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय जनमोर्चा दुःख व्यक्त गर्दछ । हामी उक्त घटनामा परी मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जली, निजका शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछौँ ।
पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गइरहेकोमा राजमो चिन्ता व्यक्त गर्दछ । यस खालका दुर्घटना न्यूनीकरण गर्नका लागि सरकार तथा स्थानीय प्रशासनले ठोस विकल्प अवलम्बन गर्न पनि हामीले माग गर्दछौँ ।”