काठमाडौँ । राष्ट्रियसभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक–२०७९ पारित गरेको छ ।
Advertisement
राष्ट्रियसभाको २०८१ भदौ ६ गते बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक–२०७९ सभाबाट सर्वसम्मतिले पारित भएको हो ।
सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सभामा विधेयक प्रस्तुत गरेका थिए ।
मन्त्री चौरसियाको प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले विरोध गरेको थियो । राजमो सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले विधेयकको विरोधमा १२ बुँदे अवधारणा प्रस्तुत गर्दै संशोधनसहित पास गर्नुपर्ने बताउनुभएको थियो ।