• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मुलुकमा ब्रह्मलुट मच्याउनेका विरुद्ध गोलबन्द हुन युवालाई महासचिव भट्टको आग्रह


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, भूमिकास्थान (अर्घाखाँची) ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले युवाजति विदेश पठाएर मुलुकमा ब्रह्मलुट मच्याउनेका विरुद्ध गोलबन्द हुन युवाहरूलाई आग्रह गर्नुभएको छ ।

    २०८१ भदौ ४ गते मङ्गलबार अर्घाखाँचीको भूमिकास्थानस्थित पोखेडाँडामा सम्पन्न युवाविद्यार्थीको नगरस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

    राष्ट्रको ढुकुटीमा राज गर्दै मातृभूमि छिमेकीलाई सुम्पिने ठुला दलहरूको आदतले देश अप्ठ्यारोमा परेको महासचिव भट्टको आरोप छ ।

    फरक प्रसङ्गमा भूमिकास्थानको चुनढुङ्गा उत्खनन् प्रकरणमा दोषीलाई उम्किन नदिन र निर्दोषलाई नफसाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    कैयौँ घटनामा सत्तारूढ दलले विपक्षि पार्टीका विरुद्ध पुलिस प्रशासनलाई प्रयोग गर्ने गरेको स्मरण गर्दै महासचिव भट्टले अर्घाखाँचीमा त्यस्तो हुन नदिन सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य सागर केसी, राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार शेरबहादुर विसी, अखिल (छैठौं) का महासचिव सुवास जिसी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव कुलराज खनाललगायतले पनि बोल्नुभएको थियो ।

    युवालाई विदेशमा बेचेर देशमा रजाईं गर्नेका विरुद्ध युवाविद्यार्थीले निर्णयक आन्दोलको थालनी गर्नुपर्नेमा उहाँहरूको जोड रहेको थियो ।

    युवक सङ्घमा आचार्य

    भेलाले सुरेश आचार्य अध्यक्ष रहनुभएको १५ सदस्यीय युवक सङ्घको भूमिकास्थान नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा माधव बन्जाडे, सचिवमा झविन्द्र चुँदाली, सहसचिवमा विष्णुप्रसाद भट्टराई र कोषाध्यक्षमा नमकला केसी चयन हुनुभएको छ ।

    अखिल (छैठौं) मा चुँदाली

    संयुक्त भेलाले प्रकाश चुँदाली अध्यक्ष रहनुभएको १७ सदस्यीय अखिल (छैठौं) को नगर समिति गठन गरेको छ ।

    नवगठित समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षहरूमा क्रमशः अस्मिता थापा, शरिस्मा केसी, विमल केसी र सन्ध्या राना छनौट हुनुभएको छ ।

    भूमिकास्थानका १० ओटै वडाबाट युवाविद्यार्थीका प्रतिनिधिको सहभागितामा सम्पन्न उक्त भेलामा अखिल नेपाल महिला सङ्घकी महासचिव शकुन्तला राना, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिव गोपालप्रसाद भट्टराई, प्रगतिशीलकै जिल्ला अध्यक्ष जितेन्द्र खत्री, राजमो भूमिकास्थान नगर अध्यक्ष हिमलाल बन्जाडे, जातीय समता समाजका जिल्ला अध्यक्ष कृष्ण सुनारलगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रम युवक सङ्घका जिल्ला अध्यक्ष रेसम विकको अध्यक्षता, जिल्ला सदस्य विष्णुप्रसाद भट्टराईको स्वागत मन्तव्य र अखिल (छैठौं) जिल्ला अध्यक्ष जीवन नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

            

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.