खिमराज चालिसे, चन्डिगढ (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सङ्गरुरको नवौँ नगर सम्मेलन सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य नरबहादुर ओलीद्वारा उद्घाटन गर्दै अगस्त १७–१८, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।
अगस्त १७ दिन सम्पन्न उद्घाटन शत्रमा मूल प्रवाहका केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
उद्घाटन शत्रमा क्षेत्रीय सदस्य खेमराज पोख्रेल र क्षेत्रीय महिला सदस्य लक्ष्मी खनालसमेसको आतिथ्य रहेको थियो ।

उदघाटन तथा बन्दसत्र नारायण भुसालको अध्यक्षता राजु खनालको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत रामु खनालको तथा सांस्कृतिक कलाकारहरूले गर्नुभएको थियो ।
बन्दशत्रमा प्रगति प्रतिवेदन राजु खनालले र आर्थिक प्रतिवेदन रामजी भुसालले प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्षमा भुसाल
सम्मेलनले १५ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकारसहित २५ सदस्यीय नगर समिति निर्वाचन गरेको छ । निर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य दिनेश खडकाले गर्नुभएको थियो ।
नारायणप्रसाद भुसाल अध्यक्ष रहनुभएको सो समितिको उपाध्यक्षमा गुणनिधि आचार्य, सचिवमा रामप्रसाद खनाल, सहसचिवमा धनबहादुर विक र कोषाध्यक्ष रामजी भुसाल रहनुभएको छ ।
सदस्यहरूमा लक्ष्मी खनाल, जीवन आचार्य, ठाकुर पौडेल, मञ्जु शर्मा, लक्ष्मी विष्ट, रमेश बस्नेत, हेमन्त मरासिनी, सीता आचार्य, हीरा सिंह र सरिता शर्मा रहनुभएको छ ।

त्यस्तै, वैकल्पिक सदस्यहरूमा राजु खनाल, देवु भुसाल, लीलाराम पाण्डेय, रामु गिरी र बालाराम परियार तथा सल्लाहकारहरूमा थमनबहादुर खड्का, रुद्रप्रसाद पौडेल, रामु शर्मा र राजबहादुर शाही रहनुभएको छ ।
महिला विभागको संयोजक विष्ट
सम्मेलनले लक्ष्मी विष्टको संयोजक रहनुभएको २१ सदस्यीय महिला नगर विभाग गठन गरेको छ ।
विभागका सदस्यहरूमा पवित्रा भुसाल, सरिता भुसाल, मनिसा गोतामे, शीला खनाल, भीमा थापा, गङ्गा आचार्य, पार्वती विरकटा, शान्ता परियार, मन्जु शर्मा, सीता आचार्य, अमृता खनाल, विष्णा बस्नेत, कृष्णा बस्याल, लक्ष्मी परियार, शान्ति बोहरा, सीता थापा, राधा खड्का, रमा भुसाल र सरिता शर्मा रहनुभएको छ ।

सांस्कृतिक विभागको संयोजकमा खनाल
एवम् प्रकारले सम्मेलनले राजु खनाल संयोजक रहनुभएको ११ सदस्यीय सांस्कृतिक विभाग पनि गठन गरेको थियो । विभागको सदस्यहरूमा बाबुराम परियार, ठाकुर पौडेल, धनबहादुर विक, लक्ष्मी खनाल, रामु खनाल, नारायण भुसाल, दीक्षा सुनार, लक्ष्मी परियार, पार्वता बिरकट्टा र सीता आचार्य रहनुभएको छ ।
सम्मेलनमा शुभकामना तथा बधाई मन्तव्य राख्नेमा प्रमुख अतिथि ओली, विशिष्ट अतिथि सापकोटा, केन्द्रीय वैकल्पिक सदस्य रामचन्द्र पौडेल, क्षेत्रीय सदस्य विष्णु भुसाल, लेक्चरर नरेन्द्र सिंह, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका नरबहादुर मर्माठानी, गढवाल सभाका चरणजित सिंह, बठिन्डा नगर अध्यक्ष नारायण केसीलगायत हुनुहुन्थ्यो ।
घोषणासभा खेमराज पोख्रेलको अध्यक्षतामा तथा राजु खनालको सञ्चालनमा सम्पन्न भएको थियो भने उपस्थित जनसमुदायलाई स्वागत नारायण भुसाल र सांस्कृतिक कलाकारहरूले गर्नुभएको थियो ।