बडौदरा (भारत) । भारत गुजरातको बडोदरामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भेला सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा अगस्त १४, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
नारायण विकको अध्यक्षता र युवराज बिष्टको सञ्चालनबाट अगाडि बढेको सो भेलामा केन्द्री सचिव एवम् पश्चिम भारत क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्कीको विशेष उपस्थिति रहेको थियो ।
भेलाले नारायण विक अध्यक्ष रहनुभएको १५ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकारसहित २५ सदस्यीय नगर सङ्गठन समिति पुनर्गठन गरेको छ ।
समितिको उपाध्यक्षमा लोकराज साह, सचिवमा गोविन्द परियार, सहसचिवमा चक्र नकाल र कोषाध्यक्षमा युवराज विक रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा अमर पुन, दिनेश सोनी, नवीन विक, सुरेश रावत, देवराज बुढा, सन्तोष विष्ट, विकास सुनार, दीपक विष्ट, सागर थापा र प्रेम दर्लामी रहनुभएको छ ।
वैकल्पिक सदस्यहरूमा राजु दर्लामी, वकिल बुढा, सुनिल विक र जितेन्द्र परियार रहनुभएको सो भेलालो चानस विष्ट, राजेन्द्र विक, शरद विष्ट र भरत शाहलाई सल्लाहकारमा चयन गरेको छ ।