खिमराज चालिसे, परवाणु (भारत) ।
भारतको हिमाचल परवाणुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तेह्रौँ नगर सम्मेलन सम्पन्न भएको छ ।
केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरको प्रमुख आतिथ्यमा अगस्त १५, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि पुनमगरले गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै पुनमगरले देशभित्र ठिकसँग व्यवस्थापन हुन नसक्दा युवाशक्ति विदेश पलायन भइरहेको धारणा राख्नुभयो ।
‘हिमाचलमा कैयौँ नेपाली देशविहीन नागरिक छन्’ उहाँले अगाडि भन्नुभयो– ‘आफ्ना नागरिहरू प्रवासमा अलपत्र हुँदा राज्य अन्जान बनिरहेको छ ।’
कार्यक्रममा केन्द्रीय सदस्य नेत्र गुरुङ र राज्य समितिका सदस्य वलजित सिंहको पनि आतिथ्य रहेको थियो ।
उद्घाटन कार्यक्रम कुमराज पुनको अध्यक्षता, विशनकुमारको सञ्चालन र वीरवल केसीको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।
अध्यक्षमा पुन
सम्मेलनले कुमराज पुन अध्यक्ष रहनुभएको १३ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकारसहित २१ सदस्यीय परवाणु नगर समिति निर्वाचित गरेको छ ।
समितिमा उपाध्यक्ष दानबहादुर थापा, सचिव विशन कुमार, सहसचिव वीरवल केसी र कोषाध्यक्ष मोहिनी थापा रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा नेत्र गुरुङ, भगत बहादुर, रेम बहादुर, कृष्ण कुमारी, गौमाया गुरुङ र सकुन्तला रहनुभएको छ ।
वैकल्पिक सदस्यहरूमा शङ्कर, विशाल, तिलबहादुर बुढामगर तथा सल्लाहकारहरूमा सुनिता मगर, तुल्सी पुन र मीना बुढामगर रहनुभएको छ ।
महिला विभाग
सम्मेलनले सुनिता मगर संयोजक रहनुभएको नगर महिला विभाग गठन भएको छ ।
समितिको सदस्यहरूमा मोहनी थापा, गौमाया गुरुङ, कुष्ण कुमारी, सकुन्तला, वसन्ती, तुल्सी पुन, रिना, लक्ष्मी, अडिसा, मीना बुढाथोकी, दिपा, कमला र गौरीमाया रहनुभएको छ ।

दुवै समितिको घोषणा केन्द्रीय सदस्य शोभाखर पन्थले गर्नुभएको थियो ।
समितिलाई प्रमुख अतिथि पुनमगर, केन्द्रीय सचिव एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटा, केन्द्रीय सदस्य तिलक पौडेल, राज्य समितिका उपाध्यक्ष ठाकुर पन्थ, सदस्य वलजित सिंह, सोलन नगर समितिका धरमसिंह डागर, जनजाति विभागका विलबहादुर गुरुङ, रोपड नगर समितिबाट जगनाथ कँडेल, महिला विभागबाट गौमाया गुरुङलगायतले बधाई गर्नुभएको थियो ।
भक्तबहादुर बुढाको अध्यक्षता एवम् विशनकुमारको सञ्चालनबाट अगाडि बढेको सो घोषणासभामा सहभागीलाई कुमराज पुन र कलाकारहरूले स्वागत गर्नुभएको थियो ।
सम्मेलनमा सांस्कृतिक विभागका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।


