• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

नेपालगन्जमा थप सात जनामा कोरोना भाइरस, संक्रमितको संख्या ८२ पुग्यो


  •   मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपालगन्जमा थप ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यो सँगै कूल संक्रमितको संख्या ८२ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगन्जमा थप सात जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

    Advertisement

    मंगलवार मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति प्रकासित गरी नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सात जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको उल्लेख गरेका हुन् ।

    उनीहरू ९ देखि ५५ वर्ष उमेरका व्यक्ति छन् र तीमध्ये तीन पुरुष र चार महिला छन् । सबैको स्वास्थ्यस्थिति सामान्य भएको मन्त्रालयले जनाएको छ।

    सबै जना नेपालगन्ज–८ का निवासी भएको र उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ।

    यसअघि आइतवार नेपालगन्जमा १५ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । नेपालगन्जमा मात्र कोभिड–१९ भएका व्यक्तिको सङ्ख्या २३ पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरुवामा भेटिएका सङ्क्रमित व्यक्तिलाई पछ्याउने क्रममा सोही स्थानका अरू २२ जनामा कोरोनाभाइरस देखिएको हो ।

    मङ्गलवार सङ्क्रमण पुष्टि भएकामध्ये ती ६० वर्षीय पुरुषको परिवारका सदस्य पनि छन् । नेपालगन्जमा सङ्क्रमण देखिएका व्यक्तिमा सात र नौ वर्षका बालिकासहित ११ महिला र १२ पुरुष छन्।

    पहिलो सङ्क्रमित व्यक्तिको परिवार, आफन्त, उनले पढाउने विद्यार्थी र उनको सम्पर्कमा रहेका ९४ जनाको शनिवार र आइतवार स्वाब सङ्कलन गरिएको थियो ।

    नेपालगन्जमा सङ्क्रमित व्यक्तिको सङ्ख्या ह्वात्तै बढेको पाइएपछि कोरोनाभाइरस महामारी फैलिन नदिन, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसको पहिचान गर्न र परीक्षणका लागि नमुना सङ्कलनलाई प्रभावकारी बनाउन मङ्गलवार बिहान ११ बजेदेखि तीन दिनसम्म नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

    नेपालगन्जमा गत शुक्रवार एक ६० वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरेर परीक्षण गर्न थालिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ । वैशाख ७ गतेदेखि भेरी अस्पतालमा पीसीआर उपकरण सञ्चालनमा आएपछि परीक्षणको दायरा बढाइएको थियो ।

    भारतको राजधानी दिल्लीस्थित तबलिगी जमातको कार्यक्रममा सहभागी भएर नेपालगन्ज फर्किएका तीन जनाको पहिचान भएपछि विभिन्न धर्मगुरुको पनि परीक्षण गरिएको थियो । त्यसै क्रममा शुक्रवार पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।

    अहिलेसम्म कर्णाली प्रदेशबाहेक अन्य छवटा प्रदेशमा कोरोनाभाइरस भेटिएको छ । नेपालमा अहिलेसम्म कोभिड–१९ भएर कसैको मृत्यु भएको पुष्टि भएको छैन । संक्रमित मध्ये नेपालमा १६ जना निको भएर घर फर्किसकेका छन् ।

     

    मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.