• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सरकारलाई पौडेलको प्रश्नः लकडाउन मात्रै गरिराख्ने कि जनताप्रति जिम्मेवार पनि बन्ने ?


  •   सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले संकटको बेला सरकार आफ्ना नागरिक प्रति गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको छ । सोमबार संघीय संसद अन्तर्गतको राज्यको नीति निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा पौडेलले देशबाहिर रहेका नेपालीबारे सरकार बेखबर बनेको बताउनुभयो ।

    Advertisement

    भारतलगायत विश्वका कैयौं देशमा कोरोनाका कारण नेपालीहरुले दुःख पाइरहेका खबर आउँदा सरकारले वेवास्ता गरेको भन्दै आफ्ना नागरिक प्रति जिम्मेवार बन्न पौडेलले सुझाव दिनुभयो ।

    ‘कुवेतमा रोजगारी गुमाएका पाँच हजार नेपाली घर फर्कने आशामा कति दिनदेखि रोडमा बसिरहेका छन् । भारतमा त्यहाँको सरकारले नेपालीलाई काम गरिराखेको ठाउँबाट धमाधम बोर्डर तिर ल्याइराखेको छ । त्यतातिर सरकारको ध्यान पुगेको खोई ?’ पौडेलले प्रश्न गर्नुभयो, ‘रेमिट्यान्सबाट देश चलाउने सरकारले रेमिट्यान्स पठाउने नागरिकप्रति गैरजिम्मेवार बन्न मिल्छ ?’

    संसारभर रहेका आफ्ना हरेक नागरिकको ख्याल गर्नुपर्ने दायित्व सरकारको भएपनि त्यो दायित्वबाट पन्छिन खोजेको सांसद पौडेलको आरोप थियो । ‘हरेक देशमा रहेका आफ्ना नागरिकहरुको अवस्था के छ, सरकारले ध्यान दिनुपर्छ’ यदी कुनै ठाउँमा नेपाली नागरिक संकटमा परेका छन् भने उनीहरुको उद्धार गर्ने जिम्मा नेपाल सरकारको हो ।’

    कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई सम्बन्धित देशमा नै खाने बस्ने व्यवस्थाका लागि विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार कूटीनितक पहल गर्न र नेपाल आउन चाहनेहरुलाई उद्धार गरेर ल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।

    उहाँले कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेर मात्रै बस्न नमिल्ने बताउनुभयो । लकडाउनकै बेलामा पनि नागरिकको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै सरकार त्यसमा चुकेको उहाँले बताउनुभयो ।

    सरकारले लकडाउनलाई नै सबैथोक ठान्ने भ्रम पालेको पौडेलले आरोप लगाउनुभयो । उहाँले रातह वितरण पारदर्शी बनाउन, स्वास्थ्य परीक्षणको दायरा बढाउन तथा कालोबजारी र महंगी नियन्त्रण गर्न पनि सरकारलाई सुझाव दिनुभयो । यस्तै, संकटको बेला अनियमितता गर्नेहरुमाथि छानबिन गरेर कडा कारबाही गर्न पनि सांसद पौडेलले माग गर्नुभयो ।

    सिंहदरबारमा सोमबार बसेको समिति बैठकले नेपालमा कोरोना रोकथामका लागि भएका प्रयास, स्वास्थ्य सेवामा जनशक्तिको अवस्था तथा स्वास्थ्य सामग्रीको वर्तमान अवस्थाका बारेमा स्वास्थ्य मन्त्रालयसँग छलफल गर्ने निर्णय गरेको छ ।

    समितिले कोरोना भाइरस रोकथाम र नेपालबाहिर रहेका नेपालीहरुलाई उद्धार गर्नेबारेमा भइरहेको पहलका बारेमा सरकारसँग जानकारी लिने निर्णय गरेको सांसद पौडेलले युगदर्शनलाई बताउनुभयो ।

    सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.