• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

समाज परिवर्तनमा महिलाको भूमिका


  •   सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित
  • भगवती उप्रेती भेटवाल

    Advertisement

    महिला अथवा नारी ति शक्ति हुन् जो मातृवात्सल्यले भरिपूर्ण हुन्छिन् । दयाभाव कि खानि हुन्छिन् । आफ्नो सम्पूर्ण खुशी इच्छा चाहनालाई त्यागेर अरुको लागि बाँच्न सक्छिन् । अनेक दुःख कष्ट सहेर पनि आफ्नो घर परिवारको खुशीमा आनन्दित हुन्छिन् ।आफ्नो भूमिका निर्वाह गर्दै समाजमा आईपर्ने हरेक काम अनि आफ्नो अफिस, साथीभाइ, इष्ट मित्र सबैका लागि गर्नुपर्ने कर्तव्य पनि पुरा गर्छिन् ।

    यी सबै जिम्मेवारी पूरा गर्ने क्रममा महिलाले आफ्ना साना नानीहरूलाई पहिलेदेखि नै असल ज्ञानका कुराहरू सिकाउने, उनीहरूलाई आत्मनिर्भर हुनसक्ने ज्ञान दिने, आफ्नो काम आफैँ गर्न सिकाउने, सत्यको बाटो लाग्न प्रेरणा दिने । यसो गर्दा भविष्यमा निष्ठावान कर्णधार देशका लागि तयार हुन्छन् । देशमा हत्या हिंसा र बलात्कारका घटना हरु कम हुन्छन् । अनि सच्चा देशभक्त नागरिक राष्ट्रको सेवा लागि तयार हुन्छन् ।

    अहिलेको अवस्था हेर्दा बच्चाहरुको स्थिति भयावह छ । सानैदेखि मोबाइल फोन कम्प्युटर, टेलिभिजनमा रमाएर बसेका छन् । समाजबाट टाढिँदै गएका छन् ।हामीले पनि उनीहरुको माग पुरा गर्दै गएका छौं । अलिकति पनि हामीले बच्चाको भविष्यलाई ख्याल गरेका छैनौं । यसमा अलिकति ध्यान दिएर हामीले आफ्ना बच्चाहरूलाई सक्षम हुने वातावरण बनाएर समाजमा घुलमिल हुन सिकाऊँ । अरूको दुःखमा साथ दिन सिकाऊँ । किनकी बच्चाको पहिलो पाठशाला घर र त्यसमा पनि आमा नै हुन् ।

    सभ्य संस्कार आफ्नै घरबाट सुरु गरौं । अनि आफूले जानेको कुरा छिमेकीमा पनि सिकाऊँ, सचेत र न्यायको पक्षमा आन्दोलित हुन प्रोत्साहन गरौं । समयलाई सदुपयोग गरि अर्थोपार्जनमा लगाउन सकिन्छ भन्ने कुराको जानकारी दियौं भने अलिकति समाजमा पनि राम्रो प्रभाव पर्छ । हामी यस्तो कर्म गरौं जसको प्रभाव छिमेकी अनि समाजमा परोस् । हामीले गरेको कर्म नै अरुका लागि प्रेरणा बनोस् । कर्म आफ्ना लागि गर्ने हो सही र सक्षम कर्मले नै हामीलाई अघि बढाउँछ । हामीले आफ्ना सन्तानलाई दिएको ज्ञान पनि लिन्छन् । अन्याय अत्याचारको विरुद्ध लड्न सक्ने बनाऊँ ।

    इमानदारीपूर्वक कर्तव्यनिष्ठ भइ काम गर्न प्रोत्साहन गरौं । आफू पनि सही मार्गमा हिँडी अरुलाई पनि हिँड्न भनौं । यी महिलाले समाजमा परिवर्तन गर्न सक्ने कुराहरु हुन् ।

    अहिले महिलाले गर्न नसकेको काम कुन चाहि छ र ? हरेक क्षेत्रमा महिलाको पहुँच पुग्न जरुरी छ । यदि जिम्मेवारी आयो भने आफ्नो काम जिम्मेवारीपूर्वक वहन गरेकै छन् । घरको चुलो चौकोदेखि लिएर बाहिर डाक्टर, इन्जिनियर, अड्डा अदालतको कामदेखि लिएर देशको नेतृत्वसम्म सम्हाल्न सक्षम छन् । यदि समाज र राज्यले त्यो जिम्मेवरी दिन खोज्छ भने हिम्मतका साथ पूरा गर्न सक्दछन् ।

    महिलाले गरेको घरेलु कामबाट पनि अर्थोपार्जन हुन्छ । पशुपालनदेखि लिएर खेतिपाती सबैमा महिलाको उपस्थिति रहन्छ । यसले घरको आर्थिक अवस्था त मजबुत हुन्छ नै, अदृश्य रुपमा गरिएको महिलाको मेहनतले देशको अर्थतन्त्रमा टेवा पुगेको हुन्छ । भविष्यको कर्णधार निर्माण गर्ने क्रममा महिलाहरुको पनि प्रमुख भूमिका हुन्छ ।आजका डाक्टर, इन्जिनियर, पाइलट अनि देशका नेता बनाउने काममा पनि महिलाको सहभागिता रहेको हुन्छ । यिनीहरुबाटै देशको वर्तमान र भविष्य निर्धारण हुन्छ ।

    अहिलेको अवस्था हेर्दा बिबाहमा दाइजो दिने लिने प्रथा छ । समाजमा जरो गाडेर बसेको यो कु–प्रथालाई महिलाले अलिकति सचेत भएर त्यता पट्टी ध्यान दिने हो भने यो प्रथा हटाउन सकिन्छ । दाइजो प्रथा भनेको नै चेलीको मोलमोलाई हुने वा किन बेच हुने प्रथा हो । यस्तो कुप्रथा नबुझेकै कारण मान्न बाध्य छन् । महिला भएर महिला कै भावना नबुझ्ने अनि यातना दिने, अनि पुरुषलाई साथ दिएर दाइजोको निहुँमा झगडा गर्ने, मतिपय ठाउँमा त बुहारीलाई नै हत्या गर्ने गरेका छन्।
    हामी सचेत महिला एकजुट भएर यसको बिरोध गर्ने, दाइजो लिनेसँग बिहे नगर्ने, सासु–बुहारी आमा र छोरी जस्तै मिलेर बस्ने हो भने यो समाजमा रहेको विकराल जरो उखेलेर फाल्न सकिन्छ ।

    आफ्ना छोराछोरी छरछिमेकलाई पनि यसको विरुद्धमा आवाज उठाउन सिकाउने, अन्यायसँग लड्न पर्छ भन्ने ज्ञान दिनु पर्छ । कुनै बेला सति प्रथा पनि समजमा यसरी नै कायम थियो समाजका सचेत मान्छेले गर्दा नै यसको अन्त्य भएको हो । समाजमा भएका घटना प्रति छलफल गरी त्यस समस्याको हल निकाल्न भूमिका निर्वाह गर्ने हो भने सामाजिक कुप्रथालाई अन्त्य गर्न पनि सक्षम हुने सकिन्छ भन्ने कुराको उदाहरण भने को सति प्रथा हो ।

    समाजमा रहेका कुरीतिहरु छोरी बुहारी बिच भेदभाव, छोरा छोरी बीचको भेदभाव हटाउन पनि महिलाले महत्वपूर्ण भूमिका खेल्न सक्दछन् । अन्त्यमा महिला को मुक्तिको लागि महिला नै जागृत भएर अगाडि बढनु जरुरी छ । महिलामाथि हुने जुनसुकै अन्याय अत्याचार वा भेदभावका विरुद्ध संगठित भएर नै त्यसको अन्त्य गर्न सकिन्छ ।

    सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.