काठमाडौं । कतार नेपाली एकता समाजले यसवर्ष (२०८१) सालको तीजका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
Advertisement
भदौ ७ गते (अगस्ट २३ तारिख) का दिन सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभाहलमा कार्यक्रम आयोजना गर्न लागिएको समाजका महासचिव मीनराज पुनले जानकारी दिनुभएको छ ।
कार्यक्रममा अखिल नेपाल महिला संघका अध्यक्ष तथा संविधानसभा सदस्य मीना पुन कतार जाने कार्यक्रम रहेको छ ।
कार्यक्रममा एकता समाज रक्तिम विभागले विभिन्न प्रगतिशील तीज विशेष कार्यक्रमहरू प्रस्तुत गर्नेछ ।
कतारमा कार्यरत नेपाली महिला दिदीबहिनीहरूलाई जमघट गरेर नाचगानसँगै आपसी सद्भाव प्रगाढ गर्ने उदेश्यले तीज विशेष कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष राम प्रसाद पराजुलीले बताउनुभयो ।
नेपाली एकता समाजले कतारमा रहेका महिला दिदीबहिनीहरुलाई उपस्थितिको लागि अपिल गरेको छ ।