काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । आजै एकै दिन नेपालगञ्जमा १५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
Advertisement
यससँगै संक्रमितको संख्या ७५ पुगेको छ । यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
मन्त्रालयका अनुसार नेपालगञ्जको प्रयोगशालामा ५ पुरुष र ४ महिला कोरोना संक्रमण पुष्टि भएको बताएका थिए। उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् । देशभरका संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन्।

यो पनि:
एकैदिन १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो