खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
भारतको चन्डिगढबाट हराएकी दाङकी २३ वर्षीया मनिषा खत्रीको खोजीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चन्डिगढ नगर समिति जुटेको छ ।
साढे चार वर्षको छोरा र पतिलाई छोडेर गत जुलाई २५, २०२४ देखि एक्कासि सम्पर्कविहीन भएपछि पतिको आग्रहमा मूल प्रवाहले खोजी अभियान सुरु गरेको हो ।
आफ्नी पत्नी मनिषाको खोजीमा पुलिस रिपोर्ट गरेपछि रमेश खत्री मूल प्रवाहसमक्ष खोजीका लागि सहयोग गर्न निवेदनसहित आएका थिए ।
तस्बिरमा देखिएकी मनिषालाई कुनै महानुभावले फेला पार्नुभएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा रमेश खत्री ००९१–७०८७५०२१०२ मा खबर गरिदिन सबैसँग अनुरोध गरिएको छ ।

