• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पोर्चुगलस्थित महावाणिज्यदूतावासको सेवा बन्द, राजदूत भट्टराईले अपमान गरेको आरोप


  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
  • भरत प्रधान, लिस्बन ।
    पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको अवैतनिक महावाणिज्यदूतावासको सेवा बन्द भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको जनाएको हो ।

    Advertisement

    फ्रान्सको पेरिसस्थित रहेको नेपाली दूतावासबाट कामकारबाही र सेवा बन्द गर्न निर्देशन आएको जनाउँदै मंगलवारबाटै कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ ।

    दूतावासले पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त भइसकेको भन्दै कामकारबाही बन्द गर्न निर्देशन दिएबमोमिज सेवा बन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ । दूतावासको निर्देशनमा कार्यालयको सम्पूर्ण सेवा बन्द भएको जनाउँदै महावाणिज्यदूतावासले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

    दूतावासले मौखिक रुपमा ठाडो आदेश दिएर कार्यालयको दैनिक कामकारबाही र सेवा बन्द गर्न भनेपछि दूतावासको निर्देशनबमोजिम नै सेवा बन्द गरिएको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकर बहादुर हमालले जानकारी दिए।

    दूतावासको ठाडो आदेश र अपमानजनक व्यबहारले दुखित तुल्याएको बताउँदै महावाणिज्यदूत हमालले नेपाल सरकारको प्रतिनिधिका रुपमा रहेर दश वर्षसम्म गरेको सेवा र योगदानको दूतावासले अवमूल्यन गरेको गुनासो गरे ।

    ‘राजदूत नियुक्त भएपछि मेरो कार्यभार स्वतः सकिन्छ । कार्यालयको कामकारबाही र सेवा स्वभाविकरुपमा बन्द गर्नुपर्छ । त्यसमाथी मेरो कार्यअवधि पनि जुलाईमै सकिन्छ । कार्यालयको काम कार्वाही र सेवा बन्द गर्ने पनि त विधी, प्रकृया होला नि ? यसरी तत्काल बन्द गर्नु भन्ने आदेशले यहाँका हजारौं नेपालीले दुःख पाउने भएका छन् । उनीहरुका कागजी कामहरु प्रभावित हुने भएका छन् । कागजी प्रकृयामा रहेका सेवाग्राहीलाई हामीले के जवाफ दिने ?’ हमालले भने।

    यता पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले भने महावाणिज्यदूतावासले भने जस्तो कामकारबाही र सेवा बन्द गर्न निर्देशन नदिइएको बताए । उनको कार्यअवधि सकिएका कारण कार्यवधि थपेर निरन्तरता दिनका लागि दूतावाससँग समन्वय र सहजीकरण गर्न भनिएको राजदूत भट्टराईले बताए ।

    ‘कार्यवधि सकिएका कारण कतिपय काममा कानूनी समस्या आइनपरोस् भन्नका लागि र उहाँले गर्नुभएको योगदानको सम्मानका लागि समन्वय र सहजीकरण गर्न भनिएको हो,’–राजदूत भटराईले भने ।

    महावाणिज्यदूतावासको सेवा बन्द भएसँगै पोर्चुगलमा रहेका नेपाली प्रत्यक्ष प्रभावित हुने भएका छन् । सोमबार मात्रै सरकारले परराष्ट्रका सहसचिव प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि राजदूत सिफारिस गरेको छ ।
    यसअघि पोर्चुगलका लागि राजदूत नियुक्त भएका सनिल नेपाल भने पोर्चुगल आउन नपाइ फिर्ता बोलाइएका थिए । हालसम्म नेपाली दूतावास नभएको पोर्चुगलमा महावाणिज्यदूतावासले विगत १० वर्षदेखि राहदानीलगायतका कन्सुलरसम्बन्धी सेवा दिँदै आएको थियो ।

    सरकारले सन् २०१४ मा हमाललाई अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो भने सन् २०२० मा उनलाई महावाणिज्यदूतमा पदोन्नतिसमेत गरेको थियो ।

    बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.