• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नयाँ बानेश्वरको ओशो म्यानपावरबाट यूएई गएका ९० नेपाली युवा अलपत्र


  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा ९० जना नेपाली युवा एक महिनादेखि अलपत्र परेका छन् ।

    Advertisement

    नयाँ बानेश्वरको ओशो म्यानपावर एजेन्सीबाट यूएई पुगेका उनीहरू भनेजस्तो काम नहुँदा अलपत्र परेका हुन् ।

    कामदारहरू समस्यामा परेको, तलब नपाएको र मागपत्रमा उल्लेख भएअनुसारको काम नलगाएको उनीहरूको गुनासो छ । समस्यामा परेका ती युवाले नेपाली दूतावास, वैदेशिक रोजगार विभाग, मानवअधिकार आयोग लगायतका संघसंस्था गुहारेका छन् ।

    कामदारको गुनासोपछि रोजगारीका लागि पठाउने केही म्यानपावर एजेन्सीहरूको कारोबार रोक्का गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

    विभागका प्रवक्ता गुरुदत्त सुवेदीका अनुसार संयुक्त अरब इमिरेट्सका विभिन्न ठाउँमा कामका लागि गएका करिब ९० जना नेपाली कामदारहरू समस्यामा परेको विवरणको उजुरी विभागमा परेको थियो।

    नेपाली कामदारहरूलाई परेको समस्याबारे आबुधावीस्थित नेपाली दूतावासमा पनि गुनासो पुगेपछि दूतावासले स्थलगत अनुगमन गरेको थियो। दूतावासका श्रम मामिला हेर्ने काउन्सिलर दिनबन्धु सुवेदीले कामदारहरूको अवस्था बुझ्न दूतावासका कर्मचारीले उनीहरूलाई राखिएका शिविरसम्म पुगेर अनुगमन गरेको बताए।

    सुवेदीका अनुसार कामदारहरूको समस्या समाधानका लागि उनीहरूलाई यूएई पठाउने म्यानपावर एजेन्सीका प्रतिनिधिलाई दूवातासले यूएईमै बोलाएको छ।

    ‘हामीले रोजगारदाता, म्यानपावर र श्रमिकहरू तीनै पक्षलाई राखेर बिहीवार छलफल गर्दै छौँ,’ उनले भने।

    वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर एजेन्सीहरूलाई कामदारहरूलाई यूएईमै अर्को काममा लगाउन वा स्वदेश फर्कने व्यवस्था गर्न निर्देशन दिइएको छ।

    राष्ट्रिय मानवअधिकार आयोगले पनि समस्यामा परेका कामदारहरूको अवस्थाबारे चासो राख्दै वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको छ।

    आयोगका प्रवक्ता टीकाराम पोखरेलले यूएईमा कामदार अलपत्र परेको विषयमा आयोगमा पनि उजुरी आएको बताए।

    वैदेशिक रोजगार विभागका प्रवक्ता सुवेदीले समस्यामा परेका कामदारहरूका लागि चौबीसै घण्टा सञ्चालन हुने कल सेन्टर विभागमा राखिएको बताए।

    उनका अनुसार समस्यामा परेका वा ठगिएको महसुस गरेका कामदार वा उनीहरूका आफन्तले विभागको निःशुल्क टेलिफोन नम्बर ११४१ मा फोन गरेर आफ्नो गुनासोबारे जानकारी गराउन सक्छन्। विभागले आफ्नो वेबसाइटमा गुनासो र उजुरीका लागि थप माध्यमहरूबारे जानकारी दिइएको जनाएको छ।

    सुवेदीका अनुसार विभागको इमेल complaint@dofe.gov.np र ह्वाट्स्याप तथा भाइबर नम्बर +९७७९८५१३४७२२२ मा पनि उजुरी वा गुनासोबारे कामदार वा उनीहरूका आफन्तले जानकारी दिन सक्छन्।

    यूएई नेपालको पुरानोमध्येको श्रम गन्तव्य हो। पछिल्ला वर्षहरूमा अरब देशहरूका साथै नेपालीहरू रोजगारीका लागि युरोपका विभिन्न देश, क्यानडा, अस्ट्रेलिया तथा न्यूजील्यान्डतिर पनि जान सुरु गरेका छन्।

    नेपालबाट विभिन्न १११ देशमा संस्थागत रूपमा कामदार जाने गरेको तथ्याङ्क छ। तर धेरै देशसँग द्विपक्षीय श्रम सम्झौता नभएका कारण नेपालीहरू श्रमिकले पाउने कतिपय हक र अधिकारबाट वञ्चित हुँदै आएको विज्ञहरू बताउँछन्।

    व्यक्तिगत रूपमा हाल नेपालीहरू विश्वका १७८ मुलुकमा कामका लागि जाने गरेको सरकारी तथ्याङ्क छ। (बीबीसीको सहयोगमा)

    बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.