काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराहरूको समूहले नेपाली युवकको हत्या गरेको छ।
Advertisement
रुकुमको बाफीकोटका ३० वर्षीय दीपक ओलीको हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
टेक्ससको वेको सिटीनजिक हाइवे–३५ स्थित ग्यास स्टेसनमा काम गर्ने ओलीको स्थानीइ समय अनुसार विहान ५ बजे गोली हानी हत्या गरिएको हो।
तीन जना लुटेराको समूहले उनलाई गोली हानेका थिए ।
घटनाबारे पीडित परिवारलाई जानकारी गराइएको र विस्तृत अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन्।

