वापी (भारत) । अछाम जिल्ला चौरपाटी गाउँपालिका वडा नं. २ घर भएका गोरबहादुर साउदका ३१ वर्षीय छोरा महेन्द्र साउदको रहस्यमय मृत्यु भएको छ ।
गुजरातको सुरत अडाजन एरियास्थित हाउजिङ सोसायटीमा वर्षौंदेखि चौकिदारी आएका महेन्द्रको असामयिक निधन भएको हो ।
महेन्द्र जुलाई २०, २०२४ को राति ८ बजेतिर अडाजन एरियाको सडक किनारामा बेहोस अवस्था भेटिएका थिए । उनको यो अवस्था देखेपछि स्थानीयले अडाजन पुलिसलाई खबर गरेका थिए । पुलिसले सुरतको सिभिल अस्पताल पुर्याएपछि चेकजाँच गर्दा डाक्टरहरूले मृत्यु भइसकेको जानकारी दिएका थिए ।
घटनाको बारेमा जानकारी पाउनासाथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेदबहादुर कार्कीलगायतका साथीहरू घटनास्थल पुगेका थिए ।
यस सन्दर्भमा मृतकका आफन्तहरू स्थानीय पुलिसचौकी पुगी घटनाको सत्य तथ्य छानबिनको माग गरेका छन् ।
मृतक महेन्द्र साउदको शव यति बेला पोस्टमार्टम प्रक्रियाका लागि सोही अस्पतालमा राखिएको छ ।

