काठमाडौं । भारतका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । ६७ वर्षे कपुरको उपचारका क्रममा बिहीबार निधन भएको हो ।
Advertisement
स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपुरको बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई दिनमै बलिउडले चर्चित दुई अभिनेता गुमाएको छ । बुधबार मात्रै अर्का अभिनेता इरफान खानको निधन भएको थियो । पेटमा संक्रमण भएपछि आइसीयूमा भर्ना गरिएका खानको ५४ वर्षको उमेरमा निधन भएको हो ।