नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।
Advertisement
बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढेको छ ।
मूल्यवृद्धिपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७१ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६० पुगेको छ ।