किन्नोर (भारत)। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकंग पियोका पुनम मल्ल, निर्मल र मिथुन सिंहको पहलमा २५ परिवारका ५८ जनालाई राहत प्रदान गरिएको छ ।
समस्यामा परेका नेपाली मजदुरहरुलाई मूल प्रवाहको पहल र स्थानीय प्रशासनको सहयोगमा पिओ र सांगलामा पनि २०१ घर परिवारलाई राहतको व्यवस्थापन गरिएको थियो ।
सोमबार मूल प्रवाह नगर समितिको पहल र स्थानीय प्रशासनको सहयोगमा २५ घर परिवारका ५८ जनालाई राहत वितरण गरिएको राज्य समितिका मिथुन सिंहले जानकारी दिनुभयो ।
मूल प्रवाहले लकडाउनको कारण उत्पन्न समस्यामा परेका दैनिक ज्यालादारीका काम गर्ने तथा असंगठित मजदुरहरुलाई हिमाचलका विभिन्न शहरहरुमा रहेका मजदुरहरुलाई स्थानीय प्रशासनको सहयोगमा राहतको व्यवस्था गराउँदै आएको छ ।
हिमाचलस्थित नेपालीहरुमा पर्न गएको समस्या समाधानकालागि राज्य समितिका नेत्र गुरुङ, शोभाखर पन्थ, भूवन केसी, रामसिंह पल्ली, विरु श्रेष्ठ, मिथुन सिंह, साइला लामा, कनैयाँ चौधरी, सिताराम बुढा लगायत मुल प्रवाहका नेता, कार्यकर्ताहरु तथा शुभचिन्तकहरुले सक्रियतापूर्वक भूमिका निर्वाह गर्दै आउनु भएको छ ।