• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मेघालय घटनाले नेपालीमाझ भय सिर्जना गरेकाले सुरक्षाको प्रत्याभूति दिन मूल प्रवाहको माग


  •   सोमबार, असार २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । पूर्वोत्तर भारतको मेघालयमा गत जुलाई ५ को घटनाले नेपालीभाषीमाझ भय सिर्जना भएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सुरक्षाको प्रत्याभूति दिन भारत सरकारसित माग गरेको छ ।

    Advertisement

    अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा जुलाई ८, २०२४ का दिन जारी प्रेसवक्तव्यमार्फत् मूल प्रवाहले यस्तो माग गरेको हो ।

    सन् १९५० को सन्धिले भारतस्थित नेपालीको जिउधनको रक्षाको दायित्व भारत सरकारलाई सुम्पिएको बताउँदै प्रेसवक्तव्यमा मेघालय घटनाको सन्दर्भमा उक्त प्रावधान लागु गर्न आग्रह गरिएको छ ।

    मेघालयमा जुलाई ५ का दिन भएको घटनामा दुई नेपालीसहित चार जनाको हत्या भएको थियो । वक्तव्यमा मेघालयमा यस खालका थुप्रै घटना हुने गरेकोमा चिन्ता प्रकट गरिएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तीको पूर्ण पाठ :
    “मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जुलाई ५, २०२४ का दिन भारतको पूर्वोत्तर राज्य मेघालयको लाडरुम्बाईमा घटित हत्याकाण्डको घोर भत्र्सना गर्दै क्षोभ प्रकट गर्दछ । साथै उक्त घटनाप्रति नेपाल–भारत दुवै देशका सरकार एवम् सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै भारतस्थित नेपालीको हकहित र सुरक्षाको लागि आवश्यक कदम चाल्न माग गर्दछ ।

    भारतको पूर्वोत्तरको राज्य मेघालयको लाडरुम्बाईमा जुलाई ५, २०२४ का दिन चार जना युवाको विभत्स प्रकारले हत्या भएको छ ।

    अज्ञात हत्याराले अन्यत्र कतै हत्या गरी उनीहरूको शवलाई एकै ठाउँमा ल्याएर फ्याँकेको जानकारी छ । घटनामा परेका एक जना इलाम जिल्ला नेपाल निवासी सन्तोष राईका २४ वर्षीय छोरा रवि राई र दोस्रो सुनसरी धरान निवासी मनिकुमार राईका २४ वर्षीय छोरा राजेश राई रहेका छन् भने तेस्रो नेपाली या असमिया के हुन् ? अझै पहिचान खुल्न सकेको छैन भने चौथो स्थानीय खासी समुदायका हुन् । यो हत्याकाण्डको कारण अहिलेसम्म अज्ञात छ ।

    मेघालयमा यस प्रकारका घटना हुने गरेका छन् । नेपालको रौतहट चन्द्रनिगाहपुर बसोबास गर्ने रोजगारको लागि मेघालयको लाडरुम्बाईकै ममपठ भन्ने ठाउँको कोइलाखानीमा सरदारको काम गर्ने रमेश कार्की गत जुन २४, २०२४ का दिन राति सुतेको स्थानबाट नै हराएको र खोजतलास गर्दा जुलाई १, २०२४ का दिन आफ्नो क्वारी (कोइला निकाल्न सुरुङ निर्माणको लागि खनेको खाडल) नजिकै रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । उनको शरीरमा भएका नीलडाम र घाउले कुटपिटपछि हत्या भएको अनुमान गर्न सकिन्छ ।

    नेपाल–भारतको बिच सम्पन्न सन् १९५० को शान्ति तथा मैत्री सन्धिले दुबै देशका नागरिकको समान अवसर र अधिकारको कुरा गर्दछ तर व्यवहारमा त्यसको उल्टो छ । नेपालीहरू भारतको प्रत्येक प्रान्तमा अपमान र अपहेलनाको शिकार हुन परेको छ । त्यति मात्र हैन, नेपालीमा हुने विभेदकै कारण महिला यौनहिंसा तथा मारपिटदेखि लिएर हत्यासम्मको सिकार हुन पुगेका कैयौँ घटना घटिरहेका छन् ।

    भारतको पूर्वोत्तर क्षेत्रमा त्यस प्रकारका ज्यादतिका घटना अन्य क्षेत्रको तुलनामा धेरै हुने गरेका छन् ।

    सन् १९५० को सन्धिअनुसार भारतमा नेपालीको सुरक्षाको दायित्व भारत सरकारको हो र त्यसलाई सुनिश्चित गराउनु नेपाल सरकारको कर्तव्य हुन आउँछ तर दुबै देशका सरकारहरू आफ्नो दायित्व निर्वाह गर्नबाट यो वा त्यो बहाना गर्दै पन्छिने गर्दछन् । हालै पूर्वोत्तरको मेघालयमा भएको हत्याकाण्डले नेपालीमा थप भयत्रासको वातावरण पैदा गरेको छ किनकि त्यस क्षेत्रमा घटेका घटनाले अनेकौँपटक साम्प्रदायिक रूपसमेत लिएको र त्यसबाट नेपालीले चरम प्रकारको हिंसा सहनुपरेको दर्दनाक इतिहास छ ।

    हामी सम्पूर्ण मानव अधिकारकर्मी, नागरिक समाज, पत्रकार एवम् दुबै देशका सरकार तथा सरोकारवाला निकायको यस घटनाप्रति ध्यानाकर्षण गराउँदै भारतस्थित नेपालीको जिउधनको सुरक्षाका लागि आवश्यक पहल गर्न माग गर्दछौँ ।”

    सोमबार, असार २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.