काठमाडौं । भारतको मेघालयमा हत्या गरिएको अवस्थामा फेला परेका चारजना मध्ये दुई जना नेपाली रहेको खुलेको छ । मारिने दुई नेपालीमा इलामका रवि राई र धरानका राजेश राई छन्।
Advertisement
भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) डा. सुरेन्द्र थापाले मारिने दुई जना नेपाली भएको पुष्टि गरेका हुन् ।
शनिबार मेघालयको उम्प्लेङ बजार नजिक घाँटी रेटेर हत्या गरेको अवस्थामा चार जनाको शव फेला परेको थियो। चारमध्ये दुई जना मेघालयकै स्थानीय भएको थापाले जानकारी दिएका छन्।