• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

लकडाउनको उल्लंघन गर्दै सत्तारुढ दलका कार्यकर्ता बाबुरामविरुद्ध सडकमा


  •   मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ दलका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठनका नेताहरुले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध नाराबाजी गरेका छन् ।

    Advertisement

    प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध जथाभावि अभिव्यक्ति दिएको भन्दै सत्तारुढ दल निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियूका नेताहरुले भट्टराई विरुद्ध नाराबाजी गरेका हुन् । समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले एक रेडियो अन्तरवार्तामा जथाभावि अभिव्यक्ति दिएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

    रेडियो कार्यक्रममा मानमर्दन गरेको, अमर्यादित शब्द प्रयोग गरेको भन्दै भट्टराई विरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालय पुगेका नेताहरुले नाराबाजी गरेका हुन् । अनेरास्ववियू संयोजक ऐन महर, युवा संघका सहसंयोजक रमेश पौडेलपनि नाराबाजीमा सहभागि थिए ।

    राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरु डा. भट्टराई, हिसिला यमि र आङ्काजी शेर्पाविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गर्न सरकारी वलिकको कार्यालय पुगेका थिए । सरकारी वकिल कार्यालय अगाडी नै समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले पनि नाराबाजी गरेका छन् ।

    सांसद ‘अपहरण’को मुद्दा सरकारी वकिल कार्यालयले पनि मुद्दा लिएन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्ध सांसद अपहरणको जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यालयले पनि अस्वीकार गरेको छ ।

    सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको उजुरी दर्ता गर्न पुगेका जनता समाजवादीका नेताहरुलाई मंगलबार सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता नगरी फर्काइदिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जनता समाजवादी पार्टीका नेताहरु मंगलबार सरकारी वकिलको कार्यालयमा दर्ता गर्न पुगेका थिए ।

    अधिवक्ता दिनेश त्रिपाठीले सरकारी वकिलको कार्यालयले अध्ययन गरेर मात्रै जाहेरी दर्ता गर्ने या नगर्ने जवाफ दिने बताएकाले समय दिइएको बताउनुभयो । उहाँले उजुरी दर्ता लिने नलिने विषयमा बहस भएको र आफूहरुले स्पस्टसँग यहाँको क्षेत्राधिकार भएकोले दर्ता लिन आग्रह गरेको बताउनुभयो ।

    सरकारी वकिलको कार्यालयले अध्ययनका लागि समय दिनुहोस भनेपछि एक दिनको समय दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी यसको अध्ययन गर्नको लागि समय दिनुहोस भनेर अध्ययन गर्नको लागि हामीले एक दिनको समय दिने सल्लाह भएको छ । अब भोलि के जवाफ आउँछ त्यही अनुसार हुन्छ । आजलाई दर्ता भएन अध्ययनको लागि समय मागेकोले समय दिइएको छ ।’

    नेकपाका सांसद द्वय बस्नेत र श्रेष्ठ लगायत पूर्व प्रहरी महानिरीक्षक खनालले तत्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई यहि वैशाख १० गते महोत्तरीबाट काठमाडौं ल्याएका थिए । सांसद यादवले पार्टी फुटाउनकै लागि आफुलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको बताउँदै आउनुभएको छ ।

    महोत्तरीमा राँके जुलुश प्रदर्शन
    यता, जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले अपहरणकारीलाई कारबाही गर्न माग गर्दै महोत्तरीमा राँके जुलुश प्रदर्शन गरेका छन्।

    सांसद डा. सुरेन्द्र यादवको घरसमेत रहेको सम्सी गाउँपालिकामा जसपाका नेता कार्यकर्ताले सरकार विरुद्ध राँके जुलुस प्रदर्शन गरेका हुन्।

    यादवलाई अपहरण गरि घरबाट काठमाडौं लग्ने पूर्व आइजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्ण श्रेष्ठविरुद्ध अविलम्ब जाहेरी दर्ता गरी कारबाही गर्न माग गरेका छन् ।

    मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.