खिमराज चालिसे ।
भारत पन्जाबको फतेहावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दोस्रो नगर सम्मेलन तयारी भेला सम्पन्न भएको छ ।
Advertisement
केन्द्रीय सदस्य तारा सोमरेको प्रमुख आतिथ्यमा जुन २९, २०२४ शनिबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको छ ।
भेलाले किसन खनालको संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन समिति र बाबुराम जिसीको संयोजकत्वमा २० सदस्यीय सम्मेलन प्रचार प्रसार समिति बनाएको छ ।
भेलालाई मूल प्रवाहको सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य लालबहादुर चुँदाली, महिला नगर विभागकी सङ्गिता ताम्राकारलगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रम बाबुराम जिसीको सञ्चालनमा तथा किसन खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने मोनिका जिसीले स्वागत गर्नुभएको थियो ।
