• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कोरोना भाइरससँगको लडाईंले देखाएको अनुशासनको महत्व


  •   आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
  • जगत प्रसाद रेग्मी

    Advertisement

    कुनै पनि काम गर्दा अनुशासन उत्तिक्कै आवश्यक हुने गर्दछ । संसारमा भएका ठुलाठुला परिवर्तनहरु चाहे तिनी कलासँग सम्वन्धित होस् चाहे राजनीति, अर्थशास्त्र, सौन्दर्य, आविस्कार आदीइत्यादी जुनसुकै क्षेत्रमा पनि अनुशासन भएन भने त्यसको परिणाम राम्रो हुने गर्दैन । चाहे त्यो राजनैतिक पार्टी सञ्चालनको विधि होस् चाहे त्यो विज्ञानको क्षेत्र होस् वा महामारी रोग होस् । जो जससँग जित्नु छ त्यसको नियम पालना गर्नु नै पर्ने हुन्छ । त्यसको नियम पालना नगरीकन कसैलाई पनि जित्न सकिन्न र यो कुरा कोभिड– १९ कोरोना भाइरसको महामारी र त्यसको रोकथामको लागी विभिन्न देशले अपनाएको पद्घती त्यस देशका जनताले पालना गरेको अनुशासनले पनि यो कुरालाई पुष्टि गर्दछ ।

    कोराना भाइरस जब चीनमा देखा पर्यो र त्यसले आजसम्म आईपुग्दा संसारभर दुई लाख भन्दा बढीको ज्यान लिईसकेको छ भने २७ लाख भन्दा बढी संक्रमित रहेका छन् । कोभिड १९ अहिले संसारकै मानवजातीको शत्रु बनेर खडा भएको छ र मानवजातीले यसमाथी विजय हासिल गर्नाको लागी संघर्ष गरि रहेका छन् । जुनजुन राष्ट्रले अनुशासित तरिकाले नियमपूर्वक यो भाइरससँग लड्ने हिम्मत गरे उनीहरु त्यसमाथिको विजय हासिल गर्न सफल हुँदै गईरहेका छन् । जसले कोराना भाइरसका न्यून गर्ने उपायलाई हेलचेक्राईं गरे उनीहरु अहिले त्यो सँग भयंकर ठूलो लडाईं लड्नु परि राखेको छ । चीनमा जब कोरोनाले महामारीको रुप लियो, त्यतिबेला नै त्यहाँको सरकारले प्रभावित क्षेत्रमा लकडाउन गर्यो ।

    विशेष क्षेत्र तोकेर त्यो क्षेत्रमा अझ बढी सतर्कता अपनाएर कोरनाको उद्गम स्थलमा लगातार ७२ दिनसम्म मान्छे बाहिर निस्कन र एक अर्कासँग भेटघाट गर्न दिइएन । त्यहाँका जनताबाट राज्यले गरेको निर्णयलाई कडाई पूर्वक पालना गरियो अनि त्यसको परिणाम चीनमा कोोनाको रोकथाम भयो । जब चीनले विश्वलाई कोरोनाको रोकथाम गर्नाको लागी उत्तम उपाय भनेको लकडाउन नै हो तत्काल यस उपायबाट मात्र यो भाइरसलाई नियन्त्रण गर्न सकिन्छ भन्दा ल्याटिन अमेरिका, अमेरिका, युरोपियन देशहरुले त्यो कूरा पत्याएनन् उल्टै अमेरिकाले चीन माथि लकडाउन गरेर मानव अधिकारको हनन् गरेको कुरा फलाक्ने काम गर्यो । चीनको विरुद्धमा विश्वलाई भड्काउने काम गरियो । परिणाम जब कोरोना अमेरिका र युरोप पस्यो त्यहाँका नागरिक अहिले कोरोनाको महामारीमा फसेका छन् र विश्वमा भएका संक्रमणको आधा अमेरिकामा मात्र छन् भने मर्नेको संख्या पनि अमेरिका र त्यसपछि यूरोपेली देशहरुमा नै बदी छ ।

    यसवाट के स्पष्ट हुन्छ भने कोरानाको सुरुवातीबाट नै चीनको अनुशासना विश्वमा पालना गरेको भए शायद यो अवस्था आउँदैनथ्यो होला । आए पनि यति ठूलो महामारीको रुप नलिन पनि सक्थ्यो । चीनले लकडाउन गर्दा मानव अधिकारको कुरा उठाउने अमेरिका अहिले आफैँ लकडाउन भित्र बस्न वाध्य भएको छ । उत्तर कोरियामा प्रकोप नै देखिएको छैन भने भियतनाम, रसीया भेनेजुयला लगायतका पूर्वी समाजवादी देशहरुमा कोरोनाको प्रकोप कम देखिनुको पछाडी ति देशहरुले उपयोग गर्ने आन्तरिक अनुशासन नै हो भन्ने कुरा स्पष्ट छ । संसारमा वुर्जुवाहरुले पुँजीको भरमा आफ्नो साम्राज्यवादी नीति कमजोर मुलुक माथि जुनसुकै माध्यमबाट लादे पनि आन्तरिक रुपमा खोक्रो र कमजोर हुन्छन् भन्ने कुरा यो कोराना भाइरसको महामारीले प्रष्ट पारिदिएको छ ।

    हाम्रो नियमित जीवन शैली चल्नको लागी पनि जति अनुशासनको आवश्यकता पर्दछ त्यो भन्दा अझै धेरै कम्युनिष्ट पार्टीको नेता कार्यकर्तामा फलामे अनुशासनको आवश्यकता पर्दछ । अहिलेको अवस्थामा सामाजिक सञ्जालको उपयोग गर्दा होस् वा आन्तरिक पार्टी प्रणालीमा वाँधिएर बस्न होस् अनुशासनको एकदम महत्वपुर्ण भूमिका हुने गर्दछ । अनुशासन बिनाको जीवनको कुनै अर्थ हुँदैन भन्ने कुरा प्राकृतिक प्रकोपबाट उन्मुक्ति पाउँदा प्रयोग हुने अनुशासन र त्यसको जितले पनि प्रमाणित गरेको छ ।

    अहिले आफ्नो मनमा लागेको कुरा आफूले चाहेको खण्डमा जताततै जहाँतँही राख्ने प्रणालीको एकदम विकास भएर गएको छ यो एकदम डरलाग्दो अवस्था हो । कुन कुरा कुन ठाउँमा कुन समयमा राख्दा उचित हुन्छ भन्ने कुरालाई महत्व दिन सकिएन भने हामी लगाम विनाको घोडा जस्तै हुन्छौं । विश्वमा जे जति सामाजिक संघ संस्थाहरु छन्स, समूहहरु छन् यि सबैमा आ–आफ्नो खालको विधान वा नियम हुन्छ त्यो त्यही आधारमा चलेका हुन्छन् । यदि त्यसले त्यो विधानलाई मानेन र आफ्नो इच्छा अनुसार अगाडि वढ्न थाल्यो भने त्यो त्यसको अनुशासन भित्र पर्दैन र विधानले त्यसको निषेध गरेको हुन्छ ।

    विशेष गरी विश्वमा भएका हरेक संघ संस्था, पार्टी, समूहमा आ–आफ्नो अनुशासन भए पनि विश्वका कम्युनिष्टहरुमा एकै खाले अनुशासन हुने गर्दछ र तिनिहरुले मात्रै अनुशासनको पालना गर्दछन् । जसले लेनिनवादी संगठनात्मक प्रणाली र जनवादी केन्द्रियतामा आधारित अनुशासनलाई सहि ढंगले पक्डेर जनवादी केन्द्रियतामा आधारित लेनिनवादी संगठनात्मक प्रणाली न्तर्गत रहेर आफ्नो अनुशासन प्रर्दशन गर्न सक्दैन त्यो सच्चा समाज परिवर्तनको वाहक वा क्रान्तिकारी आन्दोलनको योद्धा बनेर अगाडि वढ्न सक्दैन । यो कुरा नेपालको मात्र हैन विश्व कम्युनिष्ट आन्दोलनले पुष्टि गरी सकेको छ ।

    अन्ततः क्रान्तिकारीहरुको अनुशासनले मात्र समाज परिवर्तन गर्न सक्दछ । समाज परिवर्तन मात्र हैन समाजमा देखा पर्ने प्राकृतिक प्रकोपसँगको लडाईं होस् या नयाँ नयाँ कला कौशल र नयाँ आविस्कार गर्न वा सही रुपमा विज्ञानको उपयोग र विकास फलामे अनुशासनले मात्र गर्न सक्दछ । त्यसैले हामी सचेत बनौं, अनुशासनलाई दह्रोसँग पकडेर कोराना भाइरसलाई जितौं यसैमा मानवजातीको हित सम्भव छ ।

    आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.