काठमाडौं । बागलुङ ढोरपाटन समाज हङकङले बागलुङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई ५७ थान ज्वरो नाप्ने थर्मल गन सहयोग गरेको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष एवं बागलुङ ढोरपाटन समाज हङकङका सचिव शक्तमान बुढाथोकीको पहलमा सो सहयोग हस्तान्तरण गरिएको हो ।
बुढाथोकीका अनुसार बागलुङको क्षेत्र नं २ अन्तर्गत ४८ वटा स्वास्थ्य चौकी र ९ वटा सामूदायिक स्वास्थ्य इकाइको लागि ति थर्मल गन प्रदान गरिएको हो । थर्मल गन गलकोट र ढोरपाटन गरी दुई नगरपालिका तथा ताराखोला, बडीगाड, निशीखोला र तमानखोला गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुले प्रयोग गर्नेछन् ।
कोरोना संक्रमणको उच्च जोखिम रहेको अवस्थामा ज्वरो नाप्ने थर्मल गनको सहयोगले स्वास्थ्य परीक्षणका लागि मद्दत गर्नेछ ।
यस्तै, बागलुङकै क्षेत्र नं १ अन्तर्गतका स्वास्थ्य चौकीहरुलाई पनि ३७ थान थर्मल गन प्रदान गर्ने तयारी रहेको समाजले जनाएको छ ।
बागलुङ ढोरपाटन समाज हङकङका पदाधिकारीहरुमा अध्यक्ष राजेश श्रेष्ठ, उपाध्यक्ष लक्षमाण पुन, सचिव सक्तमान बुदाथोकी र कोषाध्यक्ष हेम छन्त्याल तथा भने सल्लाहकार प्रमुख डा. चुरा बहादुर थापा हुनुहुन्छ ।