काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा शुक्रबार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उनको अवस्था सामान्य छ ।
नेपालमा अहिलेसम्म पीसीआर प्रविधिबाट ९ हजार ४ सय ७ र आरडिटी विधिबाट ३८ हजार ८९ गरी ४७ हजार ४ सय ९६ जनाको परीक्षण गरिएको छ ।
४९ जना संक्रमित मध्ये १० जना निको भएर घर फर्किएका छन् भने ३९ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

