श्रीगंगानगर (भारत) । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिका सचिव त्रिभुवन भट्टराइले १२ विपन्न परिवारलाई राहत सामग्री सहयोग गर्नुभएको छ ।
लकडाउनका कारण समस्यामा परेका १२ परिवारलाई भट्टराईले व्यक्तिगत रुपमा प्रत्येक परिवारलाई १० किलो पिठोसहित सोही अनुसार दाल, चामल, नुन, तेल, चिनी, चियापत्ति, मसलालगायतका सामान उपलब्ध गराउनु्भएको हो । सहयोग सामग्री मूलप्रवाहका नगर सदस्य तथा जवाहरनगर एरिया समितीका अध्यक्ष सुकदेब रिजाल मार्फत वितरण गरिएको थियो ।
भारतमा लकडाउनका कारण समस्यामा परेका नेपालीहरुलाई मूलप्रवाहका नेता कार्यकर्ताहरुले आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको मूलप्रवाहका नेता खिमराज चालिसेले जानकारी दिनुभयो । केन्द्रीय सदस्य भट्टराईलगायत मूलप्रहाका नेता कार्यकर्ताले गरेको सहयोग सह्रानीय भएको भन्दै स्थानीयले प्रशंसा गरेका छन् ।

