• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मनसुन सुरु हुनासाथ बन्द हुनेछ मेलम्चीको खानेपानी


  •   शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ । बिहीबारदेखि आयोजना बन्द गर्ने तयारी गरिएको भएपनि तत्काल मनसुन सक्रिय नहुँदा बन्द नगरिएको हो ।
    मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको छ ।
    मनसुन सुरु भए पनि मुलुकको पूर्वी क्षेत्रमा मात्रै सक्रिय भएको र अन्य भू भागमा सक्रिय भएको छैन । मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए ।
    ‘हिजो नै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी थियो, तर वर्षा सुरु नभई किन बन्द गर्ने भनेर सुचारु गरिरहेका छौँ,’ उनले भने, ‘यदि अचानक ठूलो वर्षा हुने सम्भावना देखियो भने जुनसुकै समयमा बन्द गर्नेछौँ ।’
    लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिए पनि हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । खानेपानी अभाव भइरहेको बेला तत्काल बन्द गर्नु उपयुक्त नरहेको उनको भनाइ छ ।
    ‘हामीलाई परामर्शदाता र एसियाली विकास बैङ्कले मेलम्ची बन्द गर्नुपर्छ, नत्र आयोजनालाई मनसुनी विपत्तिले क्षति गर्छ भनिरहनुभएको छ,’ उनले भने, ‘अहिले उपभोक्ताहरुले खानेपानीको सङ्कट भोगिरहेको अवस्थामा मेलम्चीको खानेपानीले केही राहत दिलाएको छ, तसर्थ जहिले वर्षा सुरु हुन्छ तहिले बन्द गर्छौं भनेर जवाफ दिएका छौँ ।’
    मौसमविद्ले वाग्मती प्रदेशमा पनि छिट्टै मनसुन सक्रिय हुने जानकारी दिएका छन् । काठमाडौँ उपत्यकालगायत वाग्मती प्रदेशको केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
    महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू९भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले मनसुन सक्रिय हुन नसकेको जानकारी दिए ।
    मनसुन सुरु भएमा केही दिन पछि उपत्यकावासीको धारामा मेलम्चीको खानेपानी आउने सम्भावना न्यून छ । दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले आयोजनामा करिब दुई अर्ब मूल्य बराबरको क्षति पुगेको गहृमन्त्रालयले जनाएको थियो । गत साउन २८ र २९ गतेको बाढीले फेरि आयोजनाको संरचनामा क्षति पुगेको थियो ।
    मनसुन सकिएपछि मेलम्चीको खानेपानी पुनः वितरण गरिने भनिए पनि माघ १ गते मात्रै वितरण गरिएको थियो । मौसम पूर्वानुमान माहाशाखाका अनुसार सामान्यतया नेपालमा जुन १० मा मनसुन अवधि सुरु हुने र चार महिनासम्म मनसुन अवधि रहन्छ । यस अवधिसम्म वाग्मती सुधार आयोजना अन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने तयारी गरिएको छ । त्यसका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको विकास समितिका कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए ।
    काठमाडौँ उपत्यका खानेपानी लिमिडेटका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको अभाव बढ्ने भएकाले खानेपानी आपूर्ति व्यवस्थापनलाई सहज बनाउन धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी ल्याउने सहमति भएको जानकारी दिए ।
    ‘मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट यो सुक्खा समयमा नौ करोड लिटर दैनिक उपभोक्तालाई खानेपानी वितरण हुन्छ, त्योमध्ये ४० प्रतिशत भूमिगत पानीले कभर गर्छ,’ उनले भने, ‘अब मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा फेरि पानीको अभाव हुन सक्छ, मेलम्चीको विकल्पमा अन्य आयोजनाहरुको खोजी गरिनुपर्छ ।’
    उनका अनुसार काठमाडौँमा दैनिक ४३ करोड लिटर खानेपानी माग भएपनि आवश्यकताअनुसार आपूर्ति गर्न सकिएको छैन । उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै भूमिगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा खानेपानी अभाव बढिरहेको छ ।
    काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले उपत्यकामा मेलम्चीको खानेपानीले आपूर्ति व्यवस्थापन मात्रै नगरेर जमिनमुनिको पानीको सहत बढाएको जानकारी दिए । बोर्डका अनुसार उपत्यकामा रहेका आठ सय ३७ ओटा ढुङ्गेधारामध्ये एक सय १७ वटा ढुङ्गेधारा लोप भइसकेका छन् । सञ्चालनमा रहेका सात सय २० मध्ये तीन सय २० ढुङ्गेधारा सुकिसकेका छन् । कतिपय ढुङ्गेधारालाई जीवत बनाउन पानीको स्रोत खोज्नुपर्ने र त्यसो गर्दा झन् पानीको स्रोतहरु हराउने खतरा रहेको उनको भनाइ छ ।
    भू–गर्भविद् डा सुबोध ढकालले उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै जमिनमुनिको पानीको बढी आपूर्ति हुने, भौतिक पूर्वाधारहरुको विकासका कारण सहतमुनि पानीको रिचार्ज नहुनेलगायतका कारण सहतमुनिको पानी घट्दै गएको जानकारी दिए । सहतमुनिको पानी संरक्षण गर्दै मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउन सकेमा उपत्यकामा खानेपानीको दिगो समाधान गर्न सकिने विज्ञहरुको सुझाव छ । समितिले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउन नयाँ स्थान ९सार्कस्थली० मा आयोजना सार्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

    Advertisement

    शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.