काठमाडौं । राष्ट्रिय जनमोर्चाको सचिव पदमा घनश्याम न्यौपाने चयन हुनुभएको छ ।
Advertisement
यही जेठ २८ र २९ गते काठमाडौंमा बसेको राजमो केन्द्रीय समितिको बैठकले न्यौपानेलाई सचिव चयन गरेको हो ।
बैठकले निवर्तमान सचिव हिमलाल पुरीलाई स्वास्थ्य अवस्थाका कारण जिम्मेवारीबाट बिदा दिएको बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थी राजनीतिबाट स्थापित नेता न्यौपाने हाल राजमो केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँ अखिल (छैठौं)का पूर्वमहासचिव हुुनुहुन्छ ।
यस्तै, केन्द्रीय समिति सदस्य पदमा वैकल्पिक सदस्य गणेश आचार्य (दाङ) लाई सहवरण गरिएको छ । उहाँ राजमो दाङ जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।
विज्ञप्तिको पूर्णपाठ यहाँ हेर्नुहोस् : सङ्घीयता र भ्रष्टाचारको विरोधमा असार १४ गते राजमोको देशव्यापी विरोधसभा