• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

सङ्घीयता र भ्रष्टाचारको विरोधमा असार १४ गते राजमोको देशव्यापी विरोधसभा


  •   बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सङ्घीयता र भ्रष्टाचारको विरोधमा आगामी असार १४ गते देशव्यापी विरोधसभा सम्पन्न गर्ने भएको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ जेठ ३१ गते बिहीकार सार्वजनिक गरिएको प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।

    प्रेसवक्तव्यमा जेठ २८ र २९ गते राजमो केन्द्रीय समितिको बैठक बसेको जानकारी दिँदै त्यसका निर्णयबारे उल्लेख गरिएको छ ।

    प्रेसवक्तव्यमा आगामी असोज ४ र ५ गते बुटवलमा राष्ट्रिय परिषद् बैठक सम्पन्न गर्ने, भदौ महिनाभरि सङ्घीयता, भ्रष्टाचार र सहकारी अपचलनबारे देशव्यापी कार्यक्रम सम्पन्न गर्ने, असार २२ गते राष्ट्रिय सहकारी दिवसको अवसरमा बृहत् अन्तरक्रिया गर्नेलगायतका कार्यक्रम निश्चित गरिएको छ ।

    देशको राष्ट्रिय परिस्थिति तथा हालै भारतमा सम्पन्न चुनावको मूल्याङ्कन गर्नुका साथै बैठकले शारीरिक अस्वस्थताका कारण सचिव हिमलाल पुरीलाई विदाई गर्दै सचिवमा घनश्याम न्यौपाने र केन्द्रीय सदस्यमा गणेश आचार्यलाई चयन गरिएको जानकारी दिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “२०८१ जेठ २८ देखि २९ गतेसम्म राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको बैठक काठमाडौँमा सम्पन्न भयो । बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति तथा घटनाक्रमका बारेमा भएका छलफल, पार्टी सङ्गठन, सङ्घर्ष तथा आगामी कार्यक्रमको विषयमा भएका निर्णय सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

    १. मुलुकको विद्यमान राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा बैठकमा छलफल भयो । सरकारले गणतन्त्र, राष्ट्रियता तथा जनजीविकाको सवालमा कुनै उल्लेखनीय काम गर्न नसकेको सरकारको नीति, व्यवहार तथा क्रियाकलापबाट देशको गणतन्त्र, राष्ट्रियता झन् थप कमजोर हुनुको साथै जनजीविकाको प्रश्न पनि जटिल बन्दै गएको छ । भ्रष्टाचारमा झन् वृद्धि भएको छ । सहकारीका वचतकर्ताको रकम ठग्नेहरूलाई हाकाहाकी सरकारले संरक्षण गर्नुका साथै राज्यको महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । सहकारीका वचतकर्ताले दुखजेलो गरेर जम्मा गरेको बचत ठगी प्रकरणमा जोडिएका व्यक्तिको सरकारले नै लिइरहेको पक्षले देशमा सुशासनको धज्जी उडेको छ । सरकारको मुख्य नेतृत्व प्रचण्डले गरे पनि उहाँले स्वतन्त्र ढङ्गबाट सरकार सञ्चालन गर्नेभन्दा पनि आफ्नो कार्यकाल लम्ब्याउन केपी ओलीको लाचार छाया बन्दै गएको घटनाक्रमले स्पष्ट पार्दै लगिरहेको छ । केपी ओलीले कैयौँ सार्वजनिक कार्यक्रममा विगतमा गरिएको दुई दुईपटकको संसद् विघटनको आफ्नो कदम सही भएको जिकिर गरिरहेको पाइन्छ र स्वयम् विभिन्न घटनाक्रम हेर्दा अहिले पनि ओली संसद्लाई विघटन गरेर मुलुकलाई मध्यावधिमा धकेल्ने रणनीतिमा रहेको देखिन्छ । ओलीको नीतिले मुलुकको राजनीतिलाई प्रतिगामी दिशामा अगाडि बढाउने षड्यन्त्र भइरहेको देखिन्छ ।

    २. सङ्घीयताका कारण डेढ वर्षमै २१ ओटा मुख्यमन्त्री फेरिएका छन् । मुलुकको आम्दानीको झन्डै झन्डै ९० प्रतिशतभन्दा बढी रकम साधारण खर्चमा विनियोजन गर्ने परिस्थिति उत्पन्न भएको छ । साधारण खर्चको बढ्दो बोझको मुख्य कारण सङ्घीयता नै हो । वैदेशिक तथा आन्तरिक ऋणको मारमा नेपाली जनतालाई पारेर सङ्घीयतालाई धान्ने कुरा सही हुन सक्दैन । त्यसैले बैठकले सङ्घीयताको मुख्य पक्ष प्रादेशिक तहलाई खारेज गर्ने कुरामा जोड दिएको छ । बैठकले प्रादेशिक तहलाई खारेजीमा जोड दिनुको तात्पर्य प्रदेशको शासकीय स्वरूपको आवश्यकतालाई अस्वीकार गर्नु हो तर प्रदेशको संरचनाको प्रशासनिक स्वरूपको पक्षमा हाम्रो दल रहेको पुनः स्मरणसमेत गराउन चाहन्छौँ । प्रशासनिक स्वरूपको प्रादेशिक तहले विभिन्न जिल्लाका बिच समन्वय गर्ने भूमिकाको रूपमा काम गर्ने छ ।

    ३. भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनबाट देखा परेको परिणामका विषयमा पनि बैठकमा छलफल भयो । नरेन्द्र मोदीले निर्वाचनमा चार सयभन्दा बढी सिट सङ्ख्या ल्याउन “अब की बार : ४०० पार” नारा दिएका थिए तर भारतीय जनताले यसपटक भारतीय जनता पार्टीलाई बहुमत दिएन । मोदीले सरकार बनाउनका लागि आफूसँग स्पष्ट बहुमत नपुगेकोले गठबन्धन दलमाथि आश्रित हुनुपरेको छ । निर्वाचनमा बहुमत ल्याएर भारतको संविधानमा भएको धर्मनिरपेक्षतालगायतका कतिपय प्रगतिशील प्रावधानलाई संशोधन गरेर भारतलाई फासीवादमा धकेल्ने मोदीको गुरुयोजना थियो । त्यो गुरुयोजनालाई भारतीय जनताले असफल बनाइदिएका छन् । मोदीले अहिले जे जति सिट लोकसभामा प्राप्त गरे, त्यसका लागि पनि ठुलो पैमानामा निर्वाचनको क्रममा धाँधली गरेका थिए । निर्वाचन आयुक्तको नियुक्तिमा मोदीकरण गर्नुका साथै भारतीय काङ्ग्रेस पार्टीलगायतका दलको बैङ्क खाता रोक्का गरिएको थियो । कतिपय मुख्यमन्त्रीलाई निर्वाचनको मुखमा आएर विभिन्न मुद्दा लगाएर गिरफ्तार गरेर जेल पठाइएको थियो । त्यसका साथै अभियानकै रूपमा भारतभरि धार्मिक विद्वेष फैलाउने कार्य तीव्र गतिमा अगाडि बढाइएको थियो । मोदीको पार्टीले गोप्य रूपमा विभिन्न उद्योगसँग चुनाव लड्का लागि ठुलो पैमानामा रकम असुली गरेको थियो । अयोध्याको राममन्दिरको स्थापना जस्तो धार्मिक विषयलाई चुनावको मुख्य हतियार बनाइएको थियो । लोकसभाको निर्वाचनमा यी सबै हतकन्डा प्रयोग गर्नुका बाबजुद पनि मोदीको लज्जाजनक हार भएको छ । त्यसका लागि भारतीय जनताको उच्च चेतनालाई हामीले स्वागत गर्दछौँ ।

    ४. भारतको लोकसभामा भारतीय काङ्ग्रेस पार्टी नेतृत्वको २६ दलीय गठबन्धनले बहुमत ल्याएर सरकार बनाउन नसके पनि गत संसद्को भन्दा अहिले उनीहरूको शक्तिमा वृद्धि भएको छ । त्यसको परिणाम अब संसद्मा मोदीलाई आफ्ना फासीवादी नीति अगाडि बढाउन तथा संविधानमा अवाञ्छित संशोधन गर्न सम्भव हुने छैन ।

    ५. भारतमा जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि उनीहरूको नेपालनीतिमा कुनै परिवर्तन हुने गरेको छैन तैपनि यदि अहिले भारतमा बहुमतसहित मोदीको नेतृत्वमा सरकार बनेको भए त्यसको राजनीतिक प्रभाव नेपालको राजनीतिमा पनि पर्दथ्यो । भारतमा मोदीले बहुमत ल्याएको भए नेपालका प्रतिगामी शक्तिको मनोबलमा बढ्थ्यो तर निर्वाचनमा मोदीको लज्जाजनक हारले नेपाललाई प्रतिगामी दिशामा लिएर जाने प्रतिगामी शक्तिहरूको षड्यन्त्र निश्चित रूपले केही कमजोर भएको छ । त्यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्दछ ।

    ६. हाम्रो दलले आगामी २०८१ असौज महिनाको ४ र ५ गते बुटवलमा राष्ट्रिय परिषद्को बैठक गर्ने ठेगान गरेको छ ।

    ७. सङ्घीयता तथा भ्रष्टाचारको विरोधमा यही असार १४ गते देशव्यापी कोणसभा तथा विरोधसभा गर्ने ठेगान गरेको छ ।

    ८. राज्यका महत्त्वपूर्ण जिम्मेवारीमा रहेका मन्त्रीले सहकारीमा वचतकर्ताका रकम अपचलन तथा ठगी गर्ने र त्यस्तो कार्य गर्नेलाई राज्यले नै संरक्षण गर्ने प्रवृत्तिका कारण सहकारी संस्था दिनप्रतिदिन ध्वस्त हुँदै गएका छन् । त्यसबारे सङ्घर्ष अगाडि बढाउन बैठकमा गम्भीर छलफल भएको छ । सङ्घर्षलाई अगाडि बढाउन तत्काल यही असार २२ गते राष्ट्रिय सहकारी दिवसको दिन पारेर “सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति” का विषयमा काठमाडौँमा केन्द्रीय स्तरको बृहत् अन्तरक्रिया गर्ने निर्णय भएको छ । त्यसका साथै विभिन्न जिल्लाले पनि आफ्नो अनुकूलतामा अन्तरक्रिया कार्यक्रम गर्न सक्ने छन् ।

    ९. गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा, सङ्घीयताको खारेजी, भ्रष्टाचार, सहकारी रकम अपचलनका विरुद्ध भाद्र महिनाभरि विभिन्न सङ्घर्षका कार्यक्रम तय भएका छन् । मुलुकभरिका सम्पूर्ण पालिका, प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री तथा प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिने, पत्रकार सम्मेलन गर्ने, पर्चा वितरण, अन्तरक्रिया, कोणसभा गर्ने कार्यक्रम तय भएको छ । त्यसका साथै असारदेखि दशैँतिहारको बिचमा प्रत्येक जिल्लाले जिल्लास्तरको सभा गर्ने र केन्द्रबाट २६ जिल्लामा हुने सभामा केन्द्रीय वक्ता पठाउने समेत निर्णय गरेको छ ।

    १०. लामो समयदेखि केन्द्रीय समिति तथा केन्द्रीय कार्यालयको सचिवको रूपमा जिम्मेवारी बहन गर्दै आउनुभएका का. हिमलाल पुरीको स्वास्थ्य स्थितिका कारण उहाँलाई सबै जिम्मेवारीबाट बिदा दिनुका साथै सङ्गठनलाई अहिलेसम्म पुर्‍याएको योगदानका लागि उहाँलाई धन्यवाद दिने निर्णय गर्नुका साथै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    ११. केन्द्रीय समितिको रिक्त सचिव पदमा केन्द्रीय समितिका सदस्य का. घनश्याम न्यौपाने (काठमाडौँ) लाई पदोन्नति गरिएको छ भने रिक्त केन्द्रीय समिति सदस्य पदमा वैकल्पिक सदस्य का. गणेश आचार्य (दाङ) लाई सहवरण गरिएको छ ।

    १२. सङ्घर्ष तथा सङ्गठनका कार्यलाई सफल पार्न यही असारको तेस्रो सातासम्म प्रदेश समिति तथा श्रावणको दोस्रो सातासम्म जिल्ला समितिको बैठक बस्ने ठेगान भएको छ ।”

    बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार
    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लागुऔषधसहित १३ जना पक्राउ

    • २.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ३.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    • ४.
      वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    • ५.
      अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    • ६.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ७.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ८.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.