• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

लेनिनवादी अनुशासन र संठनात्मक प्रणालीका आधारमा अघि बढौंः सिंह


  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर, काठमाडौं ।
    नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले लेनिनको महान् शिक्षाको आधारमा नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी दिशामा अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    Advertisement

    नेकपाको ७२ औं स्थापना दिवस तथा सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इल्यिच उल्यानोभ लेनिनको १५१ औं जन्मदिवसको अवसरमा नेकपा (मसाल) बागमती प्रदेश समितिले बुधबार आयोजना गरेको भिडियो कन्फरेन्स कार्यक्रममा बोल्दै महामन्त्री सिंहले नेकपा (मसाल) को आठौं महाधिवेशनले क्रान्तिकारी राजनीतिक लाइन पारित गरेको बताउँदै सो राजनीतिक लाइनको आधारमा लेनिनवादी अनुशासन र संठनात्मक प्रणालीको आधारमा अगाडि बढ्नु नै नेपालका क्रान्तिकारी कम्युनिस्टहरूको अहिलेको मुख्य कार्यभार भएको बताउनुभयो ।

    ‘अहिले लकडाउनका कारण हामी आफ्ना गतिविधि स्थगन गर्न बाध्य भएका हौँ, लकडाउन खुलेसँगै नेकपा (मसाल) को गतिविधि अघि बढ्ने छ’ महामन्त्री सिंहले भन्नुभयो । उहाँले लकडाउनको अवसरमा कोरोना सङ्क्रमणबाट जोगिँदै त्यसपछि पार्टीको गतिविधि अघि बढाउन सम्पूर्ण पार्टी पङ्क्ति तथा समर्थक, शुभचिन्तकसित आग्रह पनि गर्नुभयो ।

    महामन्त्री सिंहले कोरोना भाइरसका कारणले उत्पन्न विषम परिस्थिति छिट्टै समाप्त हुने विश्वास व्यक्त गर्नुभयो । ‘कोराना भाइरसका कारण उत्पन्न विश्वव्यापी विषम परिस्थिति छिट्टै अन्त हुने छ’ महामन्त्री सिंहले अगाडि भन्नुभयो– ‘त्यसपछि विश्वका गतिविधि र कम्युनिस्ट आन्दोलन पनि अगाडि बढ्ने छ ।’

    नेकपाको स्थापना र लेनिनको जन्मदिवस दुवै नै महत्त्वपूर्ण परिघटना भएको बताउँदै उहाँले वर्तमान विश्व परिस्थितिले कम्युनिस्ट आन्दोलनको राजनीतिक भूमिकालाई अझै अडाडि बढाउनुपर्ने आवश्यकता माग गरेको बताउनुभयो ।

    कार्यक्रममा राजमो नेता आनन्द शर्मा, राजमो केन्द्रीय उपाध्यक्ष, प्रवक्ता एवम् प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेल, अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुन, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का उपाध्यक्ष टीकाराम पौडेल, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय कोषाध्यक्ष भोला ढकाल र अखिल नेपाल राष्ट्रिय उद्योग–व्यापार संघका केन्द्रीय सचिव बीबी अधिकारीले पनि संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    नेकपा (मसाल) बागमती प्रदेश ब्युरोका प्रवक्ता समीर सिंहको अध्यक्षता तथा नेकपा (मसाल) काठमाडौं जिल्ला प्रवक्ता जगतप्रसाद रेग्मीको सञ्चालनमा अघि बढेको कार्यक्रमको प्रारम्भमा सहिदको सम्मानमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

    कोरोना भाइरसका कारण लगाइएको लकडाउनका कारण जमघट हुन सम्भव नभएपछि अनलाइन मार्फत् सो कार्यक्रम सम्पन्न भएको थियो ।

    बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.