• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

लेनिन स्मृति तथा पार्टी स्थापना दिवसको शुभकामना !


  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) लेनिनको १५१ औँ स्मृति दिवस र नेपाल कम्युनिस्ट पार्टीको ७२ औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ ।

    Advertisement

    प्रवक्ता रामप्रकाश पुरीले एक वक्तव्य प्रकाशित गरी कोरोना भाइरस संक्रमणको जोखिमका कारण पार्टी स्थापना दिवसको कार्यक्रममा मनाउन भेला हुन नसकेपनि लेनिनको पथप्रदर्शनमा हिँडिरहने प्रतिवद्धता जनाउनुभएको छ ।

    वक्तव्यमा विश्वव्यापी रुपमा संशोधनवादी र दक्षिणपन्थी हावाले व्यापक असर गरेको बेलामा नेपालमा माक्र्सवाद–लेनिनवाद–माओविचारधाराको झण्डालाई उठाएर मुक्ति र स्वतन्त्रताको उद्देश्यका निम्ति धैर्यतापूर्वक संगठन निर्माणमा लाग्दै दृढतापूर्वक संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

    यस्तो छ, वक्तव्यः
    महान् लेनिनको १५१ औँ स्मृति दिवस र नेपाल कम्युनिस्ट पार्टीको ७२ औँ स्थापना दिवसको अवसरमा यहाँहरु सबैलाई हार्दिक शुभकामना छ । अहिले विश्वव्यापी रुपमा कोरना भाइरसको महामारीका विरुद्ध सम्पूर्ण मानवजातिले संघर्ष गरिरहेको बेलामा लेनिनको जन्मजयन्ती र नेकपा स्थापना दिवसका लागि सार्वजनिक रुपले भेला हुुन नसकेपनि महान लेनिनले पथप्रदर्शन गरेको मार्गमा विश्वका मुक्तिकामी जनता हिँडिरहने छन् । हामीले महान् लेनिनलाई सँधै सम्झिदै आएका छौँ र सम्झिरहने छौँ । त्यसका साथै लेनिन दिवसकै दिन स्थापना भएको नेकपाको स्थापना दिवस हामीले सधैँ मनाउँदै आएका थियौँ र मनाइरहने छौँ ।

    पार्टी स्थापनाका ७२ औँ वर्षहरुमा नेपाल र विश्वको पनि कम्युनिस्ट आन्दोलनमा कैयौं उतारचढाव आएका छन् । नेपाल कम्युनिस्ट पार्टी आफ्नो विकासको गतिसँगै कैयौँ समूहमा विभाजित हुन पुगेको छ भने विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको छ । ती सबै घटनाहरु सामाजिक वर्गसंघर्षका परिणाम थिए । तरपनि विश्व मानवजातिको अन्तिम विजय, मुक्ति र स्वतन्त्रताका उद्देश्य, आकाङ्क्षा र सपना कम्युनिस्ट आन्दोलनभित्र नै अन्तर्निहित रहेका छन् । मानवजातिको उज्वल भविष्य, समानता र न्यायको नेतृत्व कम्युनिस्ट आन्दोलनले गर्दै आएको छ र गरिरहने छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि विश्व कम्युनिस्ट आन्दोलनको त्यही एउटा अङ्ग हो, जसले नेपाली जनताको मुक्ति र स्वतन्त्रताको अविराम नेतृत्व प्रदान गर्दै आएको छ र गरिरहने छ ।

     

    विश्व कम्युनिस्ट आन्दोलनको रक्षात्मक स्थिति भएपनि नेपालको कम्युनिस्ट आन्दोलन सक्रियताका साथ अगाडि बढिरहेको छ । तर विश्वको तुलनामा नेपालको कम्युनिस्ट आन्दोलन शक्तिशाली भएपनि संशोधनवादी–दक्षिणपन्थी संगठन भन्दा क्रान्तिकारी संगठनको शक्ति कमजोर रहेको छ । विश्वव्यापी रुपमा संशोधनवादी र दक्षिणपन्थी हावाले व्यापक असर गरेको बेलामा नेपालमा माक्र्सवाद–लेनिनवाद–माओविचारधाराको झण्डालाई उठाएर मुक्ति र स्वतन्त्रताको उद्देश्यका निम्ति धैर्यतापूर्वक संगठन निर्माणमा लाग्दै दृढतापूर्वक संघर्ष गर्नुपर्ने आवश्यकता छ । त्यसप्रकारको जिम्मेवारी पूरा गर्नका लागि अनुशासित, एकतावद्ध र सही विचारधारा एवम् निर्णय क्षमताले सम्पन्न भएको शक्ति निर्माणमा योगदान दिएर अगाडि बढ्नुपर्ने छ ।

    माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरुलाई सही प्रकारले कार्यान्वयन गर्दै पार्टीलाई अनुशासित र एकतावद्ध बनाएर मात्र हामीले क्रान्तिकारी उद्देश्य पूरा गर्न सक्ने छौँ । त्यसरी मात्र हामीले मानवजातिको शत्रुको रुपमा रहेको साम्राज्यवादलाई परास्त गर्दै क्रान्तिमा सफलता हासिल गर्न सक्ने छौँ । नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी पक्षलाई रक्षा गर्न विगतमा बिभिन्न भड्कावहरुका विरुद्ध दृढतापूर्वक र सम्झौताहीन संघर्ष गरिएका इतिहास निर्माण भएका छन् । कैयौँ व्यक्तिहरु पथविचलित भएर पलायन र पतन भएका छन् । इतिहासका ती घटनाबाट पाठ सिक्दै नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारको शक्तिलाई मजवुत बनाउन सकिनेछ ।

    पार्टीको ७२ औँ स्थापना दिवसको अवसरमा माक्र्सवाद–लेनिनवाद–माओविचारधारालाई दृढतापूर्वक आफ्नो जीवनको आधार बनाउँदै क्रान्तिको उद्देश्य पूरा गर्न सक्ने महान क्रान्तिकारी, अनुशासित र एकतावद्ध संगठनको शक्तिलाई रक्षा गर्दै त्यसको विकास र समृद्धिका लागि हामीले दृढतापूर्वक प्रण गरौँ ।
    २०७७ वैशाख १०

    बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.