बागलुङबजार । अखिल (छैठौं) ढोरपाटनको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य मदन भुसालको प्रमुख आतिथ्यमा २०८१ जेठ १६ गते बुधबार सो सम्मेलन सम्पन्न भएको हो ।
अखिल (छैठौं) का पूर्व महासचिव तथा राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भीमलाल पोखरेलको प्रमुख आतिथ्य रहेको सम्मेलनमा राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डे, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव सहविन अर्गेजा,का साथै टीकाबहादुर पुन, इन्द्रमणि पान्डे, कुलबहादुर छन्त्याल, धनबहादुर कुँवर, झकप्रसाद श्रेष्ठ, रामबहादुर अर्गेजा र अबिन महतको पनि आतिथ्य रहेको थियो ।
सल्जिन क्षेत्रीको अध्यक्षता तथा सुवास पौडेलको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा स्वागत मन्तव्य सुधा घर्तीले राख्नुभएको थियो ।
सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
अध्यक्षमा क्षेत्री
सम्मेलनले सन्जिल क्षेत्री अध्यक्ष रहननुभएको अखिल (छैठौं) को नगर समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रन्जना परियार, सचिवमा कल्पना भण्डारी, सहसचिवमा आकाश छन्त्याल र कोषाध्यक्षमा सुजना घर्तीमगर रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा दिना भण्डारी, निर्मल घर्ती, समीर भण्डारी, सपना कुमाल, विक्रम खत्री, मिलन कुँवर, निर्मल विक र शर्मिला गोतामे रहनुभएको छ ।