तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ को खरेन्द्रपुरमा जातीय समता समाजको भेला सम्पन्न भई गाउँ समिति निर्माण भएको छ ।
समता समाजका केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्ष दिलबहादुर विकको प्रमुख आतिथ्यमा २०८१ जेठ ३ गते बिहीबार सम्पन्न भेलाले उक्त समिति गठन गरेको हो ।
भेलाले विष्णु सुनार अध्यक्ष रहनुभएको १३ सदस्यीय खरेन्द्रपुर गाउँ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा उमबहादुर नेपाली, सचिवमा मोनिका सुनार, सहसचिव पूजा सुनार र कोषाध्यक्षमा रिता विश्वकर्मा रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा निर्मला विक, कलिमन कुजदा र मुन्नार चमार तथा सल्लाकाहकारमा प्रेम दर्जी, होमकली सुनार, सीमा सुनार र जानकी सुनार रहनुभएको छ,
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि विकले दलितहरू हकहित प्राप्तिका लागि सङ्गठित हुनुपर्ने बताउँदै अहिले जे जति हकअधिकार सुनिश्चित भएको छ, त्यो पनि दलित आन्दोलनबाट प्राप्त भएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केरसिंह अदैले दलितलाई ठुला दलले भोट बैङ्कको रूपमा उपयोग गरेको बताउँदै दलितको राजनीतिक चेतना उठाउन आफूहरू प्रयत्नशील रहेको बताउनुभयो ।
टुकबहादुर सुनारको अध्यक्षता तथा समता समाजका नगर अध्यक्ष मोहन विकको सञ्चालनमा अघि बढेको ऊक्त कार्यत्रममा समाजकै मधवा गाउँ समितिका अध्यक्ष रामप्रसाद कामीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी जिल्ला सहसचिव विनिता अदैको पनि आतिथ्य रहेको थियो ।
