• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

कवि

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

पत्रकार महासङ्घमा आस्थाको आधारमा शुद्धीकरण गरिए प्रगतिशीलले सङ्घर्ष गर्ने


  •   बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको सदस्यता शुद्धीकरण अभियानमा आस्थाको आधारमा भेदभाव गरिए सङ्घर्ष गर्ने बताएको छ ।

    Advertisement

    भर्खरै सम्पन्न प्रगतिशीलको केन्द्रीय समिति बैठकबाट महासङ्घको नामावलीमा यस्तो भेदभाव गरिए सङ्घर्ष गर्ने निर्णय भएको जानकारी दिइएको हो ।

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८१ जेठ २ गते बिहीबार सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ ।

    विज्ञप्तिमा क्रियाशील पत्रकारको सदस्यता कायम गर्नुपर्ने, नयाँ पत्रकारलाई महासङ्घको सदस्यता प्रदान गर्नुपर्ने र गैरपत्रकारको सदस्यता खारेज गर्नुपर्नेमा जोड दिइएको छ ।

    महासङ्घ चुनावको सन्दर्भमा वामपन्थी र प्रजातान्त्रिक पत्रकार सङ्गठनसित सहकार्य गर्न सकिने निर्णय भएको बताइएको ऊक्त

    वक्तव्यमा वार्ता, सहमति, समन्वय र सहकार्यका लागि अध्यक्ष पोखरेलको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको उल्लेख छ ।

    यस्तो छ प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “प्रगतिशील पत्रकार सङ्घ, नेपालको २०८१ जेठ २ गते बुधबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकले नेपाल पत्रकार महासङ्घको शुद्धीकरण अभियान र चुनावसित सम्बन्धित निम्न निर्णय गरेको जानकारी गराउँछौँ ।

    १. हाम्रो सङ्गठन नेपाल पत्रकार महासङ्घमा सदस्यता शुद्धीकरणको आवश्यकतालाई स्वीकार गर्दछ । त्यसैले हामी महासङ्घको शुद्धीकरण अभियानफ्रति नीतिगत समर्थन व्यक्त गर्दछौँ तर शुद्धीकरणको त्रममा कपिलवस्तु, बागलुङ, अर्घाखाँची, बाँके, दाङ, प्युठान, सुर्खेतसहित देशका विभिन्न जिल्लामा हाम्रो सङ्गठनका क्रियाशील पत्रकारहरूलाई पनि हटाउन फ्रस्ताव गरिएको छ । यदि महासङ्घको सदस्यता शुद्धीकरणको क्रममा हाम्रो सङ्गठनमा आबद्ध त्रियाशील पत्रकारहरूप्रति आस्थाको आधारमा भेदभावपूर्ण व्यवहार अपनाउँदै सदस्यता खारेज गरिएमा यस्तो नामावली हाम्रो सङ्गठनले स्वीकार गर्ने छैन । केन्द्रीय समितिको बैठकले त्यसको विरोध गर्दै तत्कालै सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

    २. पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणको मूल मर्मलाई पक्रेर कसैप्रति आग्रह वा दूराषय नराखी निष्पक्ष प्रकारले क्रियाशील पत्रकारको सदस्यता कायम गर्न, नयाँ पत्रकारलाई सदस्यता प्रदान गर्न र गैरपत्रकारको सदस्यता खारेज गर्न हाम्रो सङ्घठन माग गर्दछ । त्यसका साथै बैठकले कैयौँ जिल्लामा महासङ्घको सदस्यता स्थानान्तरण कार्य सम्पन्न नभएकोमा महासङ्घको ध्यानाकर्षण गराउन चाहान्छ । सदस्यता स्थानान्तरणको विषयलाई तत्कालै सम्बोधन गर्न माग गर्दछ ।

    ३. बैठकले महासङ्घको चुनावमा वामपन्थी र प्रजातान्त्रिक दुवै प्रकृतिका पत्रकार सङ्गठनहरूसित तालमेल गर्न सकिने निर्णय गरेको छ तर राजावादी वा जातिवादी पत्रकार सङ्गठनसित भने हाम्रो सङ्गठनले महासङ्घको चुनावमा तालमेल गर्ने छैन । यस सन्दर्भमा महासङ्घलाई सम्पूर्ण श्रमजीवी पत्रकारको अपनत्व हुने गरी साझा सङ्गठन बनाउन पत्रकार सङ्गठन हरूसित सहमति र सहकार्यका लागि हाम्रो सङ्गठन सधैँ तत्पर रहेको पनि जानकारी गराउँछौँ ।

    ४. महासङ्घ चुनावको सन्दर्भमा अन्य पत्रकार सङ्गठनसित वार्ता, सहमति, सहकार्य र समन्वय प्रक्रियामा प्रवेश गर्न बैठकले केन्द्रीय स्तरको समिति बनाएको छ । वार्ता समितिमा अध्यक्ष श्यामलाल पोखरेल, उपाध्यक्ष विनोद पौडेल, महासचिव प्रकाश थापामगर, केन्द्रीय सदस्यहरू रमेश पौडेल र रोशन दानी रहनुभएको छ । आवश्यकताअनुसार प्रदेश र जिल्ला स्तरमा पनि वार्ता समिति बनाउने निर्णय भएको छ ।”

    बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
    सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
    अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर
    बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित
    राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

    • २.
      भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    • ३.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

    • ४.
      अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

    • ५.
      बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

    • ६.
      युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

    • ७.
      राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    • ८.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.