• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्यालेस्टाइनी जनताको पक्षमा मसालको ‘नकाव डे’


  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले प्यालेस्टाइनी जनताको पक्षमा विरोधस्वरूप ‘नकाव डे’ कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    मे १५, १९४८ का दिन प्यालेस्टानी भूमिमा इजरायलको स्थापना भएको विरोधमा मसालले ‘नकाव डे’ कार्यक्रम सम्पन्न गरेको हो ।

    नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०८१ जेठ २ गते (मे १५) बुधबार राजधानीको शान्तिवाटिकामा सम्पन्न उक्त कार्यत्रमलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनप्रति आफ्नो समर्थन रहेको बताउनुभयो ।

    ‘आज दिन अर्थात् मे १५ का दिन जसले प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनलाई समर्थन गर्दछन्, उनीहरूले आजको दिनलाई कालो दिन ठान्दछन्’ अध्यक्ष केसीले भन्नुभयो– ‘हामीले नेपाली जनताको तर्फबाट फ्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनलाई समर्थन गर्न आजको यो कार्यत्रम आयोजना गरेका हौँ ।’

    अध्यक्ष केसीले आज विश्वभरि नै प्यालेस्टाइनी जनताको पक्षमा समर्थनमा यस्ता कार्यक्रम सम्पन्न भइरहेको जानकारी दिनुभयो ।

    ‘संयुक्त राष्ट्र सङ्घमा नै १२५ ओटा राष्ट्रहरू प्यालेस्टाइनको पक्षमा छन्’ उहाँले भन्नुभयो– ‘खालि अमेरिकी साम्राज्यवाद, त्यसको दलाल इजरायली साम्राज्यवाद र मुट्ठीभर अन्य साम्राज्यवादी शक्ति मात्रै प्यालेस्टाइनी जनताको विरोधमा छन् ।’

    उहाँले आजको दिनसम्म आइपुग्दा ३५ हजारभन्दा बढी प्यालेस्टाइनी जनताले ज्यान गुमाइसकेको स्मरण गर्नुभयो ।

    सांसदसमेत रहनुभएका केसीले भन्नुभयो– ‘इजरायलले प्यालेस्टाइनमा अमानवीय र बर्बर आक्रमण गरिरहेको छ । त्यहाँका जनताले पानीसमेत पिउन पाएका छैनन् । अस्पतालमा आक्रमण हुँदा स्वास्थ्योपचार जस्तो आधारभूत सेवाबाट समेत उनीहरू वञ्चित छन् ।’

    अध्यक्ष केसीले प्यालेस्टाइनी जनताको जस्तो नियति नेपाली जनताले पनि भोग्नुपर्ने चेतावनी दिनुभयो ।

    ‘यो मामिला खालि इजरायलको मात्रै होइन’ उहाँले भन्नुभयो– ‘हामी पनि शक्तिराष्ट्रको चेपुवामा छौँ । एमसिसी, एसपिपीले गर्दा हामीले पनि प्यालेस्टाइनको जस्तो अवस्था व्यहोर्नुपर्ने हुन सक्दछ ।’

    सम्बोधनको क्रममा उहाँले प्यालेस्टाइनी जनताले आफ्नो देश पाउनुपर्ने तथा त्यहाँका जनताको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गरिनुपर्ने माग गर्नुभयो ।

    उहाँले साम्राज्यवादले युद्धको कारण रहेको बताउँदै साम्राज्यवादको अन्त नभएसम्म विश्वमा शान्ति कायम हुन नसक्ने धारणा राख्नुभयो ।

    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले विषयवस्तुबारे जानकारी दिँदै कार्यक्रमको सहजीकरण गर्नुभएको सो कार्यक्रमको समापन मसालका काठमाडौँ जिल्ला प्रवक्ता जगत्प्रसाद रेग्मीले गर्नुभएको थियो ।

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.