नयाँदिल्ली । हिमाचलको सिरमौर जिल्ला तथा हरियाणाको अम्बाला जिल्लाको बिचमा रहेको औद्योगिक सहरको कालाआममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर समिति गठन भएको छ ।
केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा मे १२, २०२४ का दिन सम्पन्न भेलाले सो स्थानमा समिति गठन गरेको हो ।
बलराज काल्चे, बिबी कोपिला, उर्मिला कोपिलाको पहलकदमीमा सम्पन्न उक्त भेलाले अध्यक्षमा बलराज काल्चेलाई नै चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कमल श्रेष्ठ, सचिवमा सुरज थापा, सहसचिवमा बब्लु राज र कोषाध्यक्षमा हुमलाल भण्डारी चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा शिवलाल शर्मा, देवराज अधिकारी, मान सिंह, सुरेशकुमार, वीर बहादुर, पवन थापा र मिलनकुमार सुवेदी रहनुभएको छ भने सदस्यको एक स्थान रिक्त राखिएको छ ।
एवम् प्रकारले भेलाले बिनु कवरको संयोजकत्वमा नगर महिला विभाग पनि गठन गरेको छ । विभागका सदस्यहरूमा एक स्थान रिक्तसहित सरिता खत्री, कल्पना शर्मा, मधु राना, राधा र माया अधिकारी रहनुभएको छ ।
जनक राजको अध्यक्षता तथा मिलनकुमार सुवेदीको सञ्चालनमा अगाडि बढेको सो भेलामा प्रमुख अतिथि खनालका साथै केन्द्रीय सदस्यद्वय नेत्र गुरुङ, शोभाखर पन्थ, केन्द्रीय सांस्कृतिक विभागका बिनुकुमार नेपाली, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य तथा चण्डीगढ नगर समितिका अध्यक्ष मानबहादुर केसी, केन्द्रीय परिषद तथा भिवानी नगर सदस्य बिबी कोपिला, सुदूर पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी सरस्वता भुसाल, पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी उर्मिला कोपिलाले पनि मन्तव्य राख्नुभएको थियो ।
भेलामा सहभागीलाई देवराज अधिकारीले शब्दबाट र चण्डिगढ सांस्कृतिक विभागका कलाकारले गीतसङ्गीतद्वारा स्वागत गर्नुभएको थियो ।
भेलामा नगर समितिको नामावलीको घोषणा केन्द्रीय सदस्य पन्थले र महिला विभागको घोषणा अर्का केन्द्रीय सदस्य गुरुङले गर्नुभएको थियो ।
समितिको तर्फबाट नवनिर्वाचित अध्यक्ष काल्चे र महिला विभागबाट बिनु कवरले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो ।
