काठमाडौँ । क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) को एसिया समितिले लेनिनसम्बन्धी गोष्ठी सम्पन्न गरेको छ ।
लेनिनको शताब्दी स्मृतिदिवसको सन्दर्भमा २०८१ वैशाख २९ गते शनिबार साँझ सो कार्यक्रम सम्पन्न भएको हो ।
आइकोरका कोअर्डिनेटर मोनिका गार्टनरको सहजीकरणमा अघि बढेको ऊक्त कार्यत्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, क्रान्तिकारी कम्युनिस्ट पार्टीका पी.बी.एम. परि थापा, सोसलिस्ट पार्टी अफ बङ्गलादेशका फिरोज, भाकपा (माले) मासलाइनका प्रदीप ठाकुर र एसयुसिआईका अभिताभ चटर्जीले लेनिन र विश्व कम्युनिस्ट आन्दोलनबारे मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा फ्लोरबाट मीना पुन, प्रतिभा रोका, पदम रोका, प्रकाश थापामगर र सुवास जिसीले पूरक टिप्पणी राख्नुभएको थियो ।
अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतमले भाषान्तरण गर्नुभएको थियो ।
