• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कम्युनिष्ट पार्टीका सदस्यमा हुनुपर्ने गुण


  •   शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
  • सुरेश आचार्य

    Advertisement

    कम्युनिष्ट पार्टीका असल सदस्य हुनका लागि मार्क्स र लेनिनका योग्य चेला बन्नुपर्छ । कम्युनिष्ट पार्टीको कार्यक्रम नीति र विचार मान्ने, सदस्यता शुल्क तिर्ने र पार्टीका संगठनमा काम गर्ने व्यक्ति पार्टी सदस्य बन्न सक्छ । यि शर्तहरु पूरा नगरे कोही पनि पार्टीको सदस्य बन्न सक्दैनन् । तर कुनै कम्युनिष्टले पनि पार्टीको नीति नियममा उल्लेखित न्यूनतम शर्तहरू पुरा गर्ने पार्टी सदस्य भएर मात्र सन्तोष नलिई उसले आफ्नो राजनैतिक चेतनाको स्तरलाई अटुट रूपले उठाउने र मन लगाएर मार्क्सवाद लेनिनवादी विचारधाराको अध्ययन गर्ने अथक प्रयास गर्नु पर्दछ । आफ्नो मन्थन र विकास गर्दा हामीले मार्क्सवाद लेनिनवादी विचारधाराका महान संस्थापकहरूका जीवनी, कृति र गुणहरूलाई नमुनाको रूपमा लिनु पर्छ ।

    कार्ल मार्क्सको बारेमा एङगेल्सले भनेका थिए ‘मार्क्स सर्वप्रथम एक साना क्रान्तिकारी थिए । उनको जीवनको वास्तविक दायित्व एक न एक तरिकाले पूँजीबादी समाज जसले खडा गरेको राज्य संस्थाहरूलाई पल्टाउनेमा योगदान दिनु उसैद्वारा सर्वप्रथम आफ्नो स्थिति र आवश्यकता बारे चेतना प्राप्त गर्ने आफ्नो मूक्तिका अबस्थाहरूबारे सचेत हुने, आधुनिक सर्वहारा वर्गको स्वाधिनताको लागी योगदान दिन लड्नु उनको तत्व थियो, पुरा तत्पर्यता ढृढता र सफलताका साथ लडेका थिए जसको उदाहरण मूश्किललै पाइन्छ ! मार्क्स तत्काल काम गर्नु परेको बखत जुन व्यापक दृष्टिका साथ सही कुरा निकाल्थे र निर्णायक मामिलाहरू समाधान गर्थे । त्यस्तो दृष्टि हामी कसैमा छैन ।’

    त्यसैले हामी सबैले मार्क्स र लेनिनका विचार र गुण हरूबाट सिक्नु पर्छ र उनीहरूको योग्य चेला बन्ने अथक प्रयास गर्नु पर्दछ । प्रत्येक कम्युनिष्ट पार्टीका सदस्यहरुले धर्तीमा खुट्टाले टेक्नुपर्छ । तथ्यहरूले सत्यको खोजी गर्नु पर्छ । कुनै पनि कुराको सत्यता पत्ता लगाउन उनीहरूको कुराबाट होइन उनीहरूको सोच कार्यप्रणालीको बास्तविक स्वरूपको मूल्याङ्कन गरेर गर्नुपर्छ । आफूलाई मन्थन गर्न कठिन परिश्रम गर्नुपर्छ । आत्मविश्वाशका लागि दत्तचित्त भएर काम गर्नु पर्दछ र आफ्नो विचार र गुण क्रमिकरुपले सुधार गर्दै लैजान हर प्रयास गर्नु पर्दछ । मार्क्सवादी लेनिनवादी विचारधाराका संस्थापकहरू जस्ता महान क्रान्तिकारीहरूका विचार र गुणहरूलाई आफ्नो पहुँच बाहिरको कुरा ठान्नु हुँदैन । यदि उसले यसो गर्यो भने उ राजनैतिक हुल्लडबाज (काम नलाग्ने काठको टुक्रा) बन्न पुग्नेछ ।

    मार्क्सवादी– लेनिनबादी विचारका संस्थापकहरूका गुणबाट सिक्नु र खुद मार्क्सवाद लेनिनवाद सिक्न हामीले अवश्य सही प्रवृत्ति लिन पर्छ । नत्रभने राम्ररी सिक्न र सही बाटो लिन र व्यबहारमा उत्तार्न गाह्रै पर्नेछ । केही सदस्यहरूको विचार यस्तो पनि देख्न सकिन्छ सिक्ने कुरामा आ–आफ्नै किसिमका प्रवृत्ति राख्ने गर्छन् । मार्क्स र लेनिनबारे अध्ययन गर्दा मार्क्सवाद लेनिनवादको सार कुरा नबुझी खाली शब्दावलीहरू मात्र बढी सतहमै रम्ने मानिसहरू पनि छन् । उनीहरुले मार्क्सवादी लेनिनवादी साहित्य पढेतापनी उनीहरू यसका सिद्धान्त र निस्कर्षहरूलाई कामको मेलो देखाउनेका रूपमा उपयोग गर्न सक्दैनन् । उनीहरू फुटकर सिद्धान्त र निस्कर्षहरू कण्ठस्थ गर्न मै सन्तोष लिन्छन् र उनीहरू नै फेरि आफूलाई सच्चा माक्र्सवादी लेनिनवादी, सच्चा क्रान्तिकारी भन्न पछि पर्दैनन् ।

    चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासलाई अध्ययन गर्दा बुझ्न सकिन्छ चिनियाँ कम्युनिष्ट पार्टीका केही सदस्यहरू त्यस्ता पनि थिए माक्र्सवादी लेनिनवादी शब्द र वाक्यहरू मात्र भट्याउने तर पनि उनीहरू आफूलाई चीनको मार्क्स अथवा लेनिन ठान्दथे । पार्टीमा त्यस्तै अभिनय गर्ने र पार्टीका सदस्यहरुले उनीहरूलाई नेता मानेर समर्थन गर्नुपर्छ र आफूहरुप्रति आदर देखाउनु पर्छ भन्ने धृस्टता राख्थे । अधिकारयूक्त पदमा आसिन हुन्थे । ठालु भएर पार्टीलाई आदेश दिन्थे । पार्टीलाई भाषण दिन तम्सन्थे । पार्टी भित्रका हर चिजलाई जथाभावी भन्थे, आफ्नो मनोमानी विचार बनाउथे । यस्ता मनोमानी विचार र गलत प्रवृत्तिहरू हाम्रो पार्टीका केही सदस्यहरूमा पनि देखा पर्न सक्छन् । यस्ता गलत विचार र क्रियाकलापबाट टाढा नै रहनु पर्छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीका अर्को थरि सदस्यहरू भने आफूलाई मार्क्स र लेनिनको सच्चा चेला ठान्दथे । मार्क्सवाद लेनिनवादका सिद्धान्त र तरिकाको दत्तचित्त भएर अध्ययन गर्दथे र यसको सारतत्व र भावनालाई पक्रन हर प्रयास गर्दथे । उनीहरू मार्क्सवाद लेनिनवादी विचारका असल पाठक मात्र नभई बास्तविक तथ्यको खोजी र छानबिन गर्ने आफ्नै समयमा विशिष्ट चरित्रहरू र आफ्नो देशका सर्वहारावर्गले सामना गर्न परेका परिस्थितिका विभिन्न पक्षहरूको अध्ययन गर्ने तथा आफ्नै देशको क्रान्तिको ठोस व्यवहारमा मार्क्सबाद लेनिनवादको सर्वव्यापी सत्य यथार्थ रूपमा प्रयोग गर्ने विशिष्ट प्रयास गर्दथे । ति मानिसहरुको तौरतरिका नै एक मात्र सही तरिका हो ।

    मार्क्सवाद लेनिनवादको अध्ययन गर्ने र यसका संस्थापकहरूका गुणहरूबाट सिक्ने यो एउटै तरिका हो जसबाट हामी मार्क्स र लेनिन ढङ्गका कम्युनिष्ट सर्वहारा वर्गीय क्रान्तिकारी बन्न सक्नेछौं । हामीले हरेक कुरालाई सापेक्ष र निरपेक्ष रूपमा बुझ्नुपर्छ । कुनै कुरालाई सन्दर्भबाट अलग गरेर निरपेक्ष ढंगले बुझियो भने त्यसबाट सत्य पत्ता लगाउन सकिदैन । उदाहरणका लागि माओसेतुङ्ग को भनाई ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने उक्ति केहिबेरका लागी पनि अलग गर्नु संशोधनबाद सम्झनु गलत हुन्छ । यस्तो सोचाई अधिभुतवादी सोचाई हुन जान्छ । माओको यो उक्ती खालि क्रान्तिको सामान्य प्रकृति माथि नै प्रकाश पार्दछ । सशस्त्र सङ्घर्षको बाटो नगैकन हामीले क्रान्तिलाई सफल पार्न सक्दैनौ तर त्यसको अर्थ क्रान्तिको सम्पूर्ण कालकालागी संघर्षका अन्य सबै रूपहरू गैर क्रान्तिकारी हुन्छन् भन्ने ठान्नुहुदैन । कुन बेला सशस्त्र संघर्षलाई जोड दिने कुनबेला सर्घषका अन्य शान्तिपूर्ण रूपहरू ठिक हुन्छनन् यी सम्बन्धित परिस्तिथीको विश्लेषण गरेर ठेगाना गर्नु पर्दछ । कुनै कुरालाई बेद वाक्यको रूपमा विश्लेषण गर्नु हुँदैन । मार्ग पर्दशक सिद्धान्तका रूपमा बुझनु पर्छ ।

    कम्युनिष्ट पार्टीको सदस्यले व्यक्तिगत हितहरू पार्टीको हितहरूको स्थानीय पार्टी संगठनमा हितहरू सम्पूर्ण पार्टीको एक खण्डमा हितहरू सम्पूर्ण तत्कालीन हितहरू दिर्घकालिनको अधिनमा हुनैपर्छ । त्यो प्रत्येक कम्युनिष्ट पार्टीका सदस्यहरूले मान्नैपर्ने मार्क्सवादी लेनिनवादी सिद्धान्त हो । यसलाई अनिवार्य रूपमा ग्रहण गर्नुपर्दछ । पार्टीका सदस्यहरूले आफ्ना व्यक्तिगत हितहरू हर अवस्थामा पूर्णरुपमा र विनाशर्त पार्टीका हितहरूको अधिनमा राख्न सक्छ कि सक्दैन भन्ने कुरा नै पार्टी क्रान्ति र साम्यवादको उद्देश्य प्राप्तिका लागि उसले योगदान गर्छ कि गर्दैन भन्ने परीक्षा हो ।

    कम्युनिष्ट पार्टीक सदस्यले सम्पूर्ण पार्टीका हितहरूलाई पहिलो प्राथमिकता दिनु पर्छ र तिनीहरूलाई पहिलो पंक्तिमा राख्नुपर्छ । व्यक्तिगत कुरा र हितहरूलाई दोस्रो पंक्तिमा राख्नुपर्छ । पार्टीका हितहरूको सर्वोच्च स्थान नै त्यो उच्चतम सिद्धान्त हो । यदि कसैले पद वा ख्याति पाउने अथवा व्यक्तिगत बहादुरी देखाउने जस्ता अलग निजी आकांक्षा राख्यो भने त्यो कम्युनिष्ट पार्टी बिपरीत हुन्छ र त्यस्ता व्यक्तिहरु पार्टी भित्र पदलोलुप बन्न पुग्दछन् । कम्युनिष्ट पार्टीका सदस्यको दृष्टिमा कुनै व्यक्ति विशेष अथवा थोरै व्यक्तिहरूको हितको लागी आफूलाई वलिदान दिनु जस्तो निकम्मा अथवा कच्चा अरू कुनै कुरा हुँदैन । तर पार्टीको निम्ति सर्वहारावर्गको निम्ति राष्ट्र र सारा मानवजातिको मुक्तिको निमित्त आफूलाई बलिदान दिनु योग्य र उचित काम हो ।

    कम्युनिष्ट पार्टीको सदस्यमा सर्वोत्तम र सर्वोच्च मानव गुण हुनु पर्दछ र उसले प्रस्ट र दृढ पार्टी तथा सर्वहारा वर्र्गीय अडान लिनु पर्छ । अर्थात् उसमा पार्टी भावना हुनुपर्छ । माक्र्सवाद लेनिनवाद माओविचार धारालाई गहिराई पूर्वक अध्ययन गर्ने, जनताका समस्यासित परिचित हुने, जनताका बिचमा जरा हाल्ने फूल्ने फल्ने दिशामा सचेत र सहज हुनुपर्छ । माक्र्सवाद लेनिनवाद माओविचार धारालाई प्रयोगमा ल्याउन दैनिक र नियमित तरिकाले यसको सृजनात्मक अध्ययन गर्दै पार्टीको दृष्टिकोण भाबना र नीति अनुकूल आफूलाई अघि बढाउनु पर्दछ । पार्टी पद्धति अनुशासन र नियमावली पालना गर्दै पार्टीको गोप्यताको सुरक्षा गर्दै पार्टीको सिद्धान्त, विचार, कार्यक्रम नीति र निर्णयलाई स्वीकार गर्दै व्यवहारमा उतार्ने दिशामा अगाडि बढे मात्र कम्युनिष्ट पार्टीको असल सदस्य हुन सकिन्छ ।

    (लेखक अनेरास्ववियु (छैठौं) का केन्द्रीय सदस्य एवं प्रदेश ५ का संयोजक हुन् ।)

    शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.