खिमराज चालीसे, चन्डिगढ ।
भारतको पंजाब राज्यको नवाशहर देखि ४ मेको लापत्ता भई ७ मेको चन्डिगढ सेक्टर ३९ को पेट्रोलपम्पमा अलपत्र भेटिएका १४ वर्षीय अशक्त बालकको मूल प्रवाहले उद्धार गरि ८ मे २०२४ को परिवारलाई बुझाएको छ ।
मोटरसाइकलमा तेल भर्न निस्किएका खिमबहादुर राजकोटिले सेक्टर ३९ पेट्रोलपम्पमा अलपत्र हम्बीर नेपाली (अशक्त बालक) लाई फेला पारेका हुन् ।
भेटिएका बालकले आफ्नो विवरण दिन नसकेकोले मूल प्रवाह केन्द्रीय सदस्य एवम् सञ्चारकर्मी खिमराज चालिसेको पहलमा फेसबुक पोष्टबाट आफन्त खोज्ने प्रारम्भिक प्रयास रहेको थियो ।
बालकको बारेमा ८ मई २०२४ सम्म थाहा नलागे पछि उनलाई नेपाल पठाउने र आफन्त खोज्ने भनि फेसबुक लाइवमा दिईएको सन्देसको करिव दुई घन्टा नबित्दै बालकका बुबा देबबहादुर नेपालीले सञ्चारकर्र्मी चालिसेसँग सम्पर्क गरेका थिए ।
बुबाको सम्पर्क पछि बाटैबाट हम्बीरलाई फर्काएर हिजो बुबा देबबहादुर नेपालीलाई सकुशल हस्तान्तरण गरिएको हो।
बालकलाई भेटेपछि बुबाले मूल प्रवाह र खिमबहादुर राजकोटि लगाएतका सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिएका छन् ।