काठमाडौं । कोरोनाबाट संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार मात्रै १४ जना संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनका २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
Advertisement
उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका १२ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पाइएको हो । उनीहरु तीन दिन पहिले प्रदेशबाट गएको टोलीले स्वाब संकलन गरेको थियो ।
ती भारतीय नागरिकहरु लकडाउन सुरु हुनुभन्दा पहिले नै सो मस्जिदमा पुगेका थिए । लकडाउनका कारण फर्कन नपाएपछि उनीहरुलाई मस्जिदमै राखिएको छ ।
यता, चितवनबाट बिहीबार बेलुका ल्याइएको २ वटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएको छ । बेलायतबाट एक महिनाअघि फर्किएका आमा छोरामा कोरोना पोजिटिभ देखिएको हो ।

