काठमाडौं । कोरोना भाइसर (कोभिड १९) को आशंकामा हालसम्म २४ हजार २५३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिनुभएको हो ।
Advertisement
परीक्षण गरिएका मध्ये ७ हजार ६ सय ८८ जनाको पीसीआर परीक्षण भएको हो भने १६ हजार ५ सय ६५ जनाको र्यापिड टेस्ट गरिएको हो ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण परीक्षण देशभरका दुई जिल्ला बाहेक ७५ जिल्लामै सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोलुखुम्बु र डोल्पा बाहेकका सबै जिल्लामा र्यापिड टेस्ट सुरु गरिएको डा। देवकोटाले जानकारी दिनुभयो ।
पछिल्लो दिनमा थप कोरोना संक्रमित नभेटिएको पनि स्पष्ट पारिएको छ । डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ४८ सय २२ वटा नमुना परीक्षण भएको छ। कसैको पनि पोजेटिभ नजिता आएको छैन ।