• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मूल प्रवाहले भारतब्यापी मनायो अन्तर्राष्ट्रिय मजदुर दिवस


  •   बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
  • खिमराज चालीसे (चंडिगढ), तिलक राना (हैदराबाद), लोकेन्द्र पौडल (दक्षिण भारत), बेल रजाली (जयपुर) ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भारतब्यापीरुपमा मनाएको छ ।

    बुधबार (१ मइ २०२४) मूल प्रवाहका विभिन्न नगर समितिहरुले विविध कार्यक्रम गरी मजदुर दिवस मनाएका हुन् ।

    भारतको हिसार, चंडिगढ, बठिन्डा, संगरुर, हैदराबाद, नागपुर, चेन्नैलगायतका शहरहरूमा मजदुर दिवस मनाइएका समाचार प्राप्त भएका छन् ।

    हिसारमा जुलुस प्रदर्शन
    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञचालित हिसार नगर समितिको आयोजनामा १३५ औँ मजदुर दिवसको कार्यक्रम जुलुससहित सम्पन्न भएको छ।

    जुलुस प्रदर्शन पछिको जनसभा मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले यो व्यवस्थाको आमूल परिवर्तनबिना मजदुरहरुका हक अधिकार सुरक्षित हुन नसक्ने धारणा राख्नु भयो। उहाँले मजदुर आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडेर हेर्नुपर्ने बताउनु भयो ।

    कार्यक्रममा मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रका सुरेश क्षेत्री, महिला क्षेत्रीय सदस्य सेती राना, जनजाती क्षेत्रीय सदस्य केहर सिंह घर्तिमगर, समता विभागका क्षेत्रीय सदस्य नारायण विक लगाएत नेताहरुले बोल्नुभएको थियो ।

    कार्यक्रममा नगर सदस्य मनबहादुर घर्तीमगरले सहभागीलाई खाजाको व्यवस्था गर्नु भएको थियो ।

    बाबुराम पोख्रेलको अध्यक्षता तथा हुमकान्त अधिकारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनट मौनधारण पश्चात नन्दबहादुर लम्तरीले स्वागत गर्नुभएको थियो ।

    चंडिगढ
    मूलप्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित चंडगढ नगर समितिको आयोजनामा १३५ औँ मजदुर दिवस भब्य रुपमा सम्पन्न भएको छ।

    सभामा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले प्रमुख अतिथिको आसनबाट बोल्दै मजदुर आन्दोलनको महत्व एवम् मजदुर आन्दोलनलाई वर्गीय आन्दोलनमा रुपान्तरणको आवश्यकताबारे विचार राख्नुभएको थियो ।

    उक्त सभामा बोल्ने अन्य वक्ताहरुमा मूलप्रवाह केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, महिला क्षेत्रीय सदस्य सिमा खड्का, जनजाती विभागका थमन थापा, समता विभागका लीला विक, विद्यार्थी संघ केन्द्रीय सदस्य नारायण आचार्य, जनजाति विभागका प्रेम गुरुङ, महिला नगरकी अमृता शर्मा, नगर सदस्य अर्जुन विक, मनाली नगरका हरिश कुमार र मोहाली एरियाका प्रकाश पुन लगाएत हुनुहुन्थ्यो।

    मानबहादुर केसीको अध्यक्षता तथा तेजबहादुर रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनट मौनधारण पश्चात किसन खनालले स्वागत गर्नुभएको थियो ।

    बठिन्डा
    यस्तै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्रको बठिन्डा नगर समितिले पनि १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको कार्यक्रम सम्पन्न गरेको छ ।

    यहाँ सम्पन्न मजदुर दिवसको कार्यक्रमलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य नरबहादुर ओलीले सम्बोधन गर्नुभएको थियो ।

    सो सभामा नगर समितिका गणेश पोख्रेल, नारायण केसी, कमल डाँगी र महिला नगरकी रिमा मगरले पनि आ आफ्नो विचार राख्नु भएको थियोे ।

    कार्यक्रम हेमलाल विश्वकर्माको अध्यक्षता तथा गिरी मगरको संचालनमा सम्पन्न भएको थियो । शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात तुल्सा बहादुर थापाले स्वागत गर्नु भएको थियो ।

    संगरुर
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको संगरुर नगर समितिले १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा केन्द्रीय परिषद सदस्य एवम् नगर अध्यक्ष खेमराज पोखरेलले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा महिला क्षेत्रीय सदस्य मन्जु शर्मा, महिला नगरका लक्ष्मी विष्ट, सरिता भुसाल, सिता आचार्य, भिमा थापा, पवित्रा बस्याल, कुणा बस्याल, शान्ति बोहरा, संगीता न्यौपाने, रूमा भुसाल, अमृता खनाल लगाएतको आतिथ्यता रहेको थियो ।

    सम्पूर्ण ज्ञात अज्ञात शहिदहरूप्रति एक मिनेट मौनधारण गरिएको कार्यक्रम गुणनिधि आचार्यको अध्यक्षता तथा रामप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    हैदराबाद


    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस सम्पन्न भएको छ ।

    घनश्याम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चान तिलक राना र स्वागत तेजेन्द्र प्रसाद शर्माले गर्नु भएको थियो ।

    सहिदहरूको सम्झनामा एक मिनेट मौन धारणा गरिएको सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मूल प्रवाहका महासचिव प्रेम पौडेलले मजदुर दिवस सबैले मनाउँदै आएको तर श्रमजीवी वर्गले मजदुर दिवस मनाउनु आफ्नै महत्त्व रहेको बताउनु भयो ।

    आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको समय तोकिए पनि व्यवहारमा लागू नभएको, १३५ वर्ष बितिसक्दा पनि श्रमजीवी वर्गको समस्या उस्तै रहेको, पुँजीपती वर्गले अझै पनि श्रमजीवी वर्गलाई शोषण दमन अन्याय अत्याचार गरेको बताउनु भयो । श्रमजीवी वर्गको चेतनाको विकास नगरेसम्म श्रमजीवी वर्ग पछाडि पर्ने बताउनु भयो ।

    कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य फुलबिना पौडेल, केन्द्रीय सदस्य कृष्णबहादुर थापा, केन्द्रीय प्रतिनिधि रतन सिंह विक, राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिकाका अध्यक्ष खिमबहादुर विकका आतिथ्यता रहेको थियो ।

    यस्तै, क्षेत्रीय सदस्य कुमार थापा, क्षेत्रीय सदस्य सूर्यबहादुर थापा, उत्तर नगर समितिका नरेन्द्र शर्मा, मध्य नगर समितिका सोबिता पौडेल, दक्षिण नगर समितिबाट दलबहादुर थापा, क्षेत्रीय महिला विभागकी पुष्पा पौडेल, रक्तिम विभागका माया थापाले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    चेन्नैमा संयुक्त नगर समितिको कार्यक्रम
    यता, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर, दक्षिण संयुक्त नगर समितिको आयोजनामा १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य केसमान नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य हरिप्रसाद शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका सचिवालय सदस्य काशीराम शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य नेत्रलाल शर्मा, क्षेत्रीय महिला विभागका चन्द्रिका पौडेल, पश्चिम नगर महिला विभाग सदस्य लोककुमारी थापाको आतिथ्यता रहेको थियो ।

    अतिथि आसन ग्रहण पश्चात १ मिनेट ज्ञात अज्ञात सहिदहरूप्रति मौनधारणा गरेपछि अघि बढेको कार्यक्रममा पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेलले स्वागत गर्नु भएको थियो।

    कार्यक्रममा प्रमुख अतिथि केशमान नेपालीले शुभकामना मन्तव्य राख्दै पूँजीपतीहरूको हातबाट गरी खाने मजदुरहरूले आफ्नो अधिकार प्राप्त गरेको दिन ऐतिहासिक रूप रहेको हुँदा गरी खाने वर्गहरूको एउटा पर्वको रुपमा रहेको बताउनुभएको थियो ।

    पूँजीपतिहरूले अहिले पनि मजदुरहरूलाई भ्रम पार्नको निमित्त उनीहरूले समेत अहिले मेडे मनाउँदै आइरहेका छन् त्यसको विरुद्धमा संसारका मजदुरले आफ्नो अधिकारको लागि संघर्ष र चिरफार गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

    त्यसैगरी शुभकामना मन्तव्य दिनेहरूमा केन्द्रीय सदस्य हरि प्रसाद शर्मा, क्षेत्रीय सचिवलय सदस्य काशी शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य नेत्रलाल शर्मा, महिला विभाग क्षेत्रीय सदस्य चन्द्रिका पौडेल, महिला विभाग पश्चिम नगर सदस्य लोककुमारी थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तरनगर समितिका कोषाध्यक्ष विष्णु सुनार, चेन्नई पश्चिम नगर सदस्य प्रकाश नेपाली, पश्चिम नगर सदस्य राजेश सुनार, पश्चिम नगर सदस्य नरबहादुर थापा, र राष्ट्रिय जनमोर्चा का सदस्य जीवलाल पौडेलले रहनुभएको थियो ।

    कार्यक्रम चेन्नई दक्षिण नगर समितिका सचिव उमानन्द चालिसेको अध्यक्षता र चेन्नई उत्तरनगर समितिका सचिव कोटीप्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    जयपुर
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा १३५औँ दिवस कार्यक्रम सम्पन्न भएको छ।

    उक्त कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य नारायण ज्ञवाली हुनुहुन्थ्यो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले मजदुरहरूको हातमा संसार परिवर्तन गर्न सक्ने शक्ति भएको तर यो शक्ति छरिएर रहेकाले संसारभरिका मजदुरहरूको संगठित आवाजले पुँजीवादी व्यवस्थालाई ध्वस्त पारी समाजवादी राज्य व्यवस्थाको स्थापनाका लागि आधार तयार पार्नुपर्ने बताउनुभयो।

    कार्यक्रमका अन्य वक्ताहरूमा मूल प्रवाह नगर समिति जयपुर दक्षिणबाट रुद्रबहादुर थापा, महिला विभागबाट रवि थापा, धनमाया थापा, बिना थापा तथा राजकुमार हुनुहुन्थ्यो। सो कार्यक्रम टङ्कबहादुर थापाको सञ्चालन तथा रिम रानाको अध्यक्षतामा भएको थियो।

    ज्ञात अज्ञात सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो भने स्वागत मन्तव्य बलबहादुर खासुले गर्नुभएको थियो।

    बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.