• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

महाकाली अस्पतालमा नयाँ भनेर पुरानो भेन्टिलेटर ल्याइयो, कागजपत्र अख्तियारको नियन्त्रणमा


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयागले छापा मारेको छ । बिहीबार छापा हानेको अख्तियारले अस्पतालद्वारा हालै खरिद गरिएका भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण सम्बन्धी कागजात नियन्त्रणमा लिएको छ ।

    Advertisement

    अस्पतालले नयाँ सामानका लागि टेन्डर गरी पुरानो सामान भित्तयाएपछि विवाद हुँदै आएको छ ।स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको हुने सक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालबाट कागजात नियन्त्रणमा लिएको छ । भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण तथा सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको हुनसक्ने भन्दै अस्पताल प्रशासनबाट कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि छुट्याएको बजेटबाट अस्पतालको आइसियू सञ्चालनका लागि भेन्टिलेटर, बल्ड ग्यास एनालाइजर, डिफिब्रिलेटर तथा मोनिटर किनेका थियो। महाकाली अस्पतालले चैत्र १६ गते सूचना जारी गर्दै भेन्टिलेटर सहित पाँच उपकरण आपुर्तिका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको थियो ।

    चैत्र २७ गते आरजी सप्लायर्स प्रालिले ५३ लाख रुपैयाँमा एक थान भेन्टिलेटर, मनिटर लगायतका उपकरण आपुर्तिका लागि ठेक्का पाएको थियो। सोही कम्पनीले चैत्र अन्तिम साता अस्पतालमा भेन्टिलेटर पुर्‍याएको थियो । भेन्टिलेटर अस्पतालमा जडान गर्ने क्रममा पुरानो तथा प्रयोग गरिएको भेटिएको थियो ।

    भेन्टिलेटर पुरानो भएको प्राविधिकको ठहर
    सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौत नेतृत्वको प्रावधिक टोलीले भेन्टिलेटर पुरानो भएको भन्दै त्यसमा १० वटा खोट औँल्याएको थियो ।

    चटौत नेतृत्वको टोलीले भेन्टिलेटर २०१५ डिसेम्बरमा बनेको, ट्रलीबाट ह्विल्ससम्म खिया लागेको, अक्सिजन पाइपमा खिया लागेको, देब्रे पट्टीको भागमा ७ र ८ सेन्टिमिटर कालो दाग, एक घन्टा ब्याकअप दिने ब्याट्री नभएको, डिस्प्ले र नोभ फोहर अवस्थामा रहेको, सफ्टवेयर अनुरुप फिलिप्स कम्पनीको भेन्टिलेटर दुई घन्टा चलेको, क्यालिब्रेसन नगरेको र स्पेसिफिकेसन अनुरुप भेन्टिलेटरका अन्य एसेसिरिज नभएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

    व्यवस्थापनलाई जानकारी नदिई भित्र्याइयो
    यता, महाकाली अस्पताल व्यवस्थापन समितिले भेन्टिलेटर सहितका उपकरण खरिद सम्झौताविना अस्पताल ल्याइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पताल व्यवस्थापन समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले व्यवस्थापन समितिसँग दूरी कायम राख्न खोजेको आरोप लगाएको थियो ।

    ‘टेण्डर स्वीकृतिको प्रकृया महाकाली अस्पताल खरिद ईकाई तथा मूल्यांकन समितिको हुने भएकाले टेण्डर स्वीकृति सम्बन्धी जानकारी व्यवस्थापन समितिलाई नभएको र खरिद सम्झौताविना अस्पतालमा भेन्टिलेटर लगायत उपकरण र सामाग्री खरिद गरिएको कार्यले अस्पताल प्रशासनले व्यवस्थापनसँग दुरी कायम राख्न खोजेको आभाष भएको छ।’

    व्यवस्थापन समिति अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर), सदस्यहरु कृष्णानन्द भट्ट, कौशल्या ओझा, हरीराम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

    यता, अस्पतालका मेडिकल सुपरिडेन्टेन डा. हरिकुमार श्रेष्ठले भेन्टिलेटरसहित उपकरण अस्पतालमा आइपुगे पनि आफूले नबुझेको दाबी गरेका छन् । अस्पतालले माग गरे बमोजिम आए नआएको दुरुस्त गरेर मात्रै आफूहरुले सामाग्री बुझ्ने उनले बताएका थिए ।

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    निर्वाचन पराजयपछि मर्जमाथि दबाब
    इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • २.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ३.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ४.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ५.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ६.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • ७.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ८.
      आशावादी हुन गुटेरेसको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.