जनक बिसी, कोचिन ।
अन्तर्राष्ट्रिय एक्यबद्धताका लागि नेपाली जनताको मञ्चको ब्यानरमा दक्षिण भारतको कोचिनमा नेकपाको छयहत्तरौँ स्थापना दिवस तथा लेनिनको एक सय पचपन्नौँ जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
अप्रिल २२, २०२४ का दिन सम्पन्न सो कार्यक्रमलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य बाबुराम केसी, दक्षिण भारत क्षेत्रीय सदस्य जनक बिसी, मूल प्रवाहका नेताहरू जानकी बिसी र गणेश पौडेल शर्माले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन आशाराम घमले, अध्यक्षता मेघराज बिसीले र स्वागत गोविन्द रिजालले स्वागत गर्नुभएको थियो ।

