युएई नेपाली एकता समाजले विदेशमा काम नपाएर अलपत्र परेका नेपालीलाई उद्दार गरी स्वदेश फर्काउन नेपाल सरकारसँग माग गरेको छ ।
Advertisement
नेपाली एकता समाजले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएर प्रवासमा अलपत्र परेका करिब तीन सय नेपाली तथा घर फर्कन चाहनेलाई फर्कने वातावरण बनाउन आग्रह गरेको छ ।
समाजका अध्यक्ष जयबहादुर विकद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा युएई सरकारले कुनै पनि बेला कामदारलाई हटाउन वा विना तलब राख्नसक्ने तर्फ ध्यानाकर्षण गराउँदै लकडाउन बढ्दै जाँदा नेपालीहरु बिरामी पर्ने, खर्च सिद्धिएर खाने बस्ने लगायतका समस्या बढ्दै गएको बताइएको छ ।


