• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अन्तर्राष्ट्रिय नेपाली एकता समाजको गुनासोः संसारभर छरिएका नेपालीको बेहाल भयो


  •   सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले परिवार पाल्न संसारका विभिन्न देशमा पुगेका नेपालीहरूलाई अहिलेको करूणामय अवस्थामा साथ दिने कोही नभएको जस्तो महशुस भएको बताएको छ । छोटो समयमा धैरै आयआर्जन गर्ने प्रलोभनमा आफ्नो श्रीसम्पत्तिलाई दाउमा लगाई तेस्रो मुलुक पुगेका नेपालीहरु अहिले विचल्लीमा परेको एकता समाजले जनाएको छ ।

    Advertisement

    सोमबार विज्ञप्ति प्रकासित गरी अन्तर्राष्ट्रिय नेपाली एकता समाजले आफ्ना नागरिकप्रतिको जिम्मेवारीबोध गर्न सरकारसँग आग्रह गरेको छ । भारतमा अलपत्र परेका नेपालीलाई देशभित्र ल्याएर उचित व्यवस्थापन गर्न तथा तेस्रो मुलुकमा रहेका नेपालीको कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न पनि माग गरेको छ ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले प्रेसित गर्नुभएको विज्ञप्तिमा संकटमा परेका नेपालीलाई साथ दिन पनि सबै नेपाली समूदायसँग आग्रह गरिएको छ ।

    यस्तो छ विज्ञप्तिः
    अन्तर्राष्ट्रिय स्तरमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) को महामारीले गर्दा सम्पूर्ण मानव जाति नै भय र त्रासको वातावरणमा छ । दैनिक रूपमा बढ्दो अवस्थामा रहेको संक्रमण एवं मृत्युदरले स्वास्थ्य सेवा एवं प्रशासनिक सेवा समेत धरमराइरहेको अवस्था छ । संक्रमणलाई रोक्न अन्तर्राष्ट्रिय विमान सेवा स्थगित गरिएको छ । अन्तर्राष्ट्रिय सीमाहरू सील भएका छन् भने कैयौ देशहरूले लकडाउनको घोषणा गरेका छन् । यो अवस्थामा भारत लगायत विभिन्न तेस्रो मुलुकहरूमा रोजगार, अध्ययन, स्वास्थ्य उपाचार एवं भ्रमण लगायतका लागि पुगेका नेपालीहरूको अवस्था पनि भयावह बन्दै गइरहेको छ । विश्व स्वास्थ्य संगठन एवं अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार जो जहाँ छ, त्यहीं बस्ने र त्यही देशको सरकारले व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो विषम परिस्थतिमा प्रवासमा रहेका नेपालीहरूको उद्धारको लागि नेपाल सरकार समक्ष निम्न विषयमा तत्काल प्रभावकारी हुने गरी कदम उठाउन अन्तर्राट्रिय नेपाली एकता समाज माग गर्दछ ।

    १. नेपालको अर्थतन्त्रमा अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रवासी नेपालीहरू आज असाह्य भएका छन् । रोजगारीको लागि अनेकौं कष्ट सहेर भारतका विभिन्न शहरमा रेस्टुरेन्ट, ढावा (सडक होटल), पेइङ्ग गेस्ट किचन, क्यान्टीन आदिमा नोकरी गर्ने, मोमोज स्टल लाउने, रेडीमा शब्जि–तरकारी बिक्री गर्ने एवं चाय पसल गर्ने, विभिन्न पार्टी फङ्गसनहरूमा वेटर काम गर्ने नेपालीहरूको अवस्था फैक्टरी अफिसमा काम गर्नेहरूको भन्दा दयनीय छ । लकडाउनका कारणले उनीहरूमा भोकमारीको अवस्था श्रृजना भएको छ । हजारौं नेपाली श्रमिकहरू पलायन भई स्वदेश जाने क्रममा बिच बाटोमा बिचल्ली भएका छन् भने कैयौं नेपालीहरू सीमानामा पुगी दुःख पाइरहेका छन् । जहाँ उनीहरुलाई व्यवस्थापनका लागि राखिएको छ, त्यहाँको स्थिति अत्यन्तै खराब छ । उनीहरूलाई कोरोना भाइरसको संक्रमणको डर भन्दा पनि मलेरिया, डेंगु, चिकन गुनिया, हैजा जस्ता गम्भीर रोगद्वारा संक्रमित हुन सक्ने खतरा छ । तत्काल उनीहरूलाई स्वदेशमा भित्र्याई आवश्यक स्वास्थ्य परिक्षण गरी व्यवस्थापन गर्न माग गर्दछौं ।

    २. लकडाउनको कारणले भारतका विभिन्न शहरमा सिजनल नोकरी गर्ने, दैनिक ज्यालादारी गर्ने, स–साना व्यापार गर्ने, होटल, रेस्टुरेन्ट जस्ता असंगठित क्षेत्रमा काम गर्ने नेपालीहरू लाखौंको संख्यामा छन् । अंसगठित एवं दैनिक वेतनभोगी मजदुर एवं ती स–साना व्यापारीहरू भारत सरकारद्वारा घोषणा गरिएका राहत प्याकेजहरूबाट प्रमाणपत्रको अभावमा बञ्चित छन् । अहिले ती नेपालीहरू वेखर्ची भई भोकमारीको अवस्थामा पुगेका छन् । भारत सरकारसँग उच्च स्तरीय कुटनैतिक वार्ता गरी उनीहरूको समस्याको समाधान गर्न माग गर्दछौं ।

    ३. छोटो समयमा धैरै आयआर्जन गर्ने प्रलोभनमा आफ्नो श्रीसम्पत्तिलाई दाउमा लगाई तेस्रो मुलुक पुगेका नेपालीहरूलाई अहिलेको करूणामय अवस्थामा साथ दिने कोही नभएको जस्तो महशुस भइरहेको छ । अन्तर्राष्ट्रिय विमान सेवा स्थागित भएकाले कैयौं नेपालीहरू भिसा सकिएपछि पनि त्यहाँ बस्न बाध्य छन् । नियम अनुसार त्यो गैरकानुनी हुन्छ, तर त्यसरी बस्नु कसैको रहर होइन, बाध्यता हो । त्यसप्रकारका नेपालीहरूलाई सुलभ प्रकारले भिसा बिस्तार गर्ने सुबिधा उपलब्ध गराउन माग गर्दछौं ।

    ४. अमेरिकाले लकडाउनको बेलामा समेत भिजा सकिएका विदेशी नागरिकलाई स्वदेश फिर्ता जान निर्देशन गरेको छ । विमान सेवा स्थगित भएको एवं कैयौं देशहरूमा लकडाउन चलेको अवस्थामा चाहेर पनि कोही फिर्ता हुन सक्दैन । अमेरिकाको यस प्रकारको गैरजिम्मेवार अमानवीय कार्यको भ्रत्सना गर्दै तत्काल सो निर्णय सच्चाउनका लागि कुटनीतिक पहल गर्न सम्बधित निकायसँग माग गर्दछौं ।

    ५. अर्थ–शास्त्रीहरूको मुल्यांकनमा कोरोना भाइरसको महामारीले विश्वभरि नै गम्भीर प्रकारको आर्थिक सङ्कट श्रृजना हुनेछ । यो अवस्थामा कैयांै कल–कारखाना, व्यवसायिक प्रतिष्ठान बन्द हुने, कैयौंमा छटनी हुने (कामदार घटाउने) तथा वेतनमा कटौती हुने सम्भावना बढी छ । त्यो अवस्थामा कैयौं नेपालीहरू पनि प्रभावित हुनेछन् । त्यसको समयमै उचित समाधानका लागि माग गर्दछौं ।

    ६. प्रवासमा रहेका सम्पूर्ण नेपाली दाजु–भाई दिदी–बहिनीहरू, संकटको यो घडीमा नेपाल सरकार, सम्बन्धित देशको सरकार, स्थानीय प्रशासनद्वारा जारी नियमहरूको पालना गर्दै, विश्व स्वास्थ्य संगठनको मार्गदर्शन अनुसारको सामाजिक दूरी सहित आवश्यक सावधानीहरू अपनाउन एवं धैर्यतापूर्वक सकारात्मक रूपमा सहयोगी भावनाको विकास गर्न अपील गर्दछौं । साथै अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य सङ्गठन (विभिन्न देशका एकता समाजहरू), ती संगठनका समिति एवं सदस्यहरूलाई सङ्कटमा परेको नेपालीहरूलाई हरसम्भव सहयोग पुर्याउन निर्देशन गर्दछौं ।

    अन्तमा संसारभरमा छरिएर बसेका नेपाली नागरिकहरुको हित र अधिकारको रक्षा गर्नु नेपाल सरकार वा सम्बन्धित देशहरूका राजदूतवासहरुको दायित्व हुन्छ । अहिले कोरना भाइरसका कारणले संसारभरमा फैलिएका नेपालीहरूको गम्भीर सङ्कटमय अवस्थामा उनीहरूको हित र अधिकार रक्षाका लागि प्रभावशाली कदम उठाउन अन्तर्राष्ट्रय नेपाली एकता समाजले नेपाल सरकारसित जोडदार माग गर्दछ ।

    यो पनिः अन्तर्राष्ट्रिय नेपाली एकता समाजको अध्यक्षमा केसी, महासचिवमा पुन निर्वाचित

    सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.