काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको संक्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
Advertisement
यससँगै नेपालमा १४ जना कोरोना संक्रमित भएको पाइएको छ। उनीहरु दुवै भारतबाट आएको जनाइएको छ । उहाँले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई संक्रमण देखिएको जानकारी दिनुभयो ।
संक्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हु्न । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेकी छन् । अहिलेसम्म कैलालीमा ६, बागलुङ र काठमाडौँमा २/२ तथा रौतहटमा १ र पर्सामा ३ कोरोना संक्रमित फेला परेका छन् ।

