खिमराज चालिसे (चंडिगढ)
Advertisement
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अर्घाखाँचीका सुरेश आचार्यको खोजी गरिरहेको छ ।
सुरेश आचार्यकी भान्जी गंगा बेल्बासेले मूल प्रवाह चंडिगढलाई दिएको निवेदनका आधारमा उनको खोजी सुरु गरिएको हो ।
शितगंगा नगरपालिका वडा नं. १२ रजियाका आचार्य भारतको हरियाणा राज्यको चरखी दादरीबाट यहि १८ मार्च २०२४ देखि बेपत्ता भएका छन ।
५.८ फूट उचाइ, गहुँगोरो वर्ण भएका मानसिक सन्तुलन कमजोर भएका सुरेश आचार्य वर्ष ३० को खोजतलासका लागि आफन्तले मूल प्रवाहसँग आग्रह गरेका छन ।
गोविन्दप्रसाद आचार्यका छोरा सुरेश आचार्य भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा गंगा बेल्बासे भान्जीलाई ९८७८९७०५२५ र ८९६८१४७१७८ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।