ज्ञामुराम न्यौपाने
अहिले विश्वभर मानव जाती कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । नेपाल पनि कोरोना संक्रमणबाट अछुतो रहन सकेको छैन । नेपालमा महामारी नफैलियोस् भनेर राष्ट्रव्यापी रुपमा लकडाउन कायमै छ । तीन हप्ता लामो लकडाउन सकिन दुई दिन बाँकी रहँदा हामी बिच नयाँ वर्ष २०७७ प्रारम्भ भएको छ । विगतका वर्षहरू भन्दा फरक ढंगले महामारी र बन्दाबन्दी बिच हामी नयाँ वर्षमा प्रवेश गरेका छौं ।
प्रत्येक नयाँ वर्षले केही चुनौतीका बीच नयाँ सम्भावना लिएर आएको हुन्छ नै । हामीले इतिहास हेर्यौं भने पनि हरेक वर्षले चुनौतीको सामना गर्दै मानव सभ्यतालाई थप अगाडि बढाउँदै आएको पाउँछौं।
विगत वर्षको समीक्षा, त्यसबाट प्राप्त शिक्षा र आउँदो वर्षको लागी योजना, नयाँ वर्षको सन्दर्भमा सोच्ने विषय हुन् । हामीबाट बिदा भएको वर्ष २०७६ मा मानव जातीले कोरोना भाइरसको विश्व व्यापी महामारीबाट ठूलो माीय क्षति व्योहर्नु परेको छ । यो प्रकोपबाट छोटो समयमै १ लाख दस हजार भन्दा बढी मानिसहरुले मृत्युवरण गर्नुपर्यो भने १८ लाख भन्दा बढी मानिसहरु संक्रमित छन् । अकल्पनीय गतिमा फैलिँदै गरेको यस महामारीबाट दैनिक ६ हजार भन्दा बढी मानिसको मृत्यु हुनुको साथै झण्डै एक लाख भन्दा बढी नयाँ संक्रमित रोगीहरू थपिँदै गएका छन् । मानव जातिको लागी कोरोना प्रकोप विश्वव्यापी एक बिध्वंसकारी विषय बन्दै गएको छ ।
नेपालमा यो रोगको विस्तार प्रारम्भिक अवस्थामा छ । नेपालमा महामारीको उपचारको लागी स्तरीय अस्पतालहरू प्रर्याप्त मात्रामा छैनन् । महामारीको असर कम गर्न शंकास्पद रोगीको परीक्षण सुविधालाई व्यापक बनाउन सक्दो प्रयास गर्नु आवश्यक छ । जसबाट रोगीहरुलाई अलग्गाउन र फैलावट रोक्न थप सहज हुनेछ । रोगीसँग लसपस नहोस् भनेर आपसी दुरी कायम राखौं । हात लगायत पूर्ण सरसफाई र पौष्टिक खानपानमा ध्यान दिउँ । संकटको समयमा बढी खट्ने डाक्टर, स्वास्थ्यकर्मी र सुरक्षा निकायलाई थप प्रोत्साहन गरौं ।
विश्व व्यापी महामारीको कारण कैयन् औद्योगिक उत्पादनमा जटिलता उत्पन्न भएको छ । वस्तुहरुको एक्कासी चर्को मूल्यवृद्धि हुन सक्ने सम्भावना देखिएको छ । महामारीको दौरान विश्वका करोडौं मानिसले रोजगारी गुमाएका छन् । विकासोन्मुख देशहरु मात्र नभएर शक्तिसाली मानिएका अमेरिका, चीन, बेलायत, भारत, इटली, फ्रान्स, स्पेन लगायत संसारका अधिकांश देशहरू यस महामारीबाट प्रभावित बन्न पुगेका छन् ।
आर्थिक क्षेत्रमा पूँजीवादी राज्य व्यवस्थाको जग नै हल्लिने गरी आर्थिक संकट पैदा हुँदै छ । पूँजीवादले प्रकृति माथी गरेको मनपरी, पर्यावरणको गम्भीर क्षति, अव्यस्थित बसोबास र असन्तुलित विकास यसको लागी धेरै हदसम्म जवाफदेही छन् ।
हामी बिच बिदा भएको २०७६ सालका महत्वपूर्ण घटनाहरूमा भारतद्वारा कालापानी क्षेत्रमा थप सीमा अतिक्रण गरिएको छ । यस विषयमा राष्ट्रिय एकता देखिए पनि सरकारले सार्थक कदम चाल्न सकेन । यसका साथै देशमा भ्रष्टाचार र शुसानको क्षेत्रमा पनि केही गम्भीर समस्याहरु देखा परे । विगत केयौं समयदेखी राज्यका निम्नदेखि उच्च तहसम्म भ्रष्टाचार र कुशासनबाट हाम्रो देश आक्रान्त छ । बलियो र स्थिर सरकारबाट त्यसको निराकरणको ठूलो आशा हामी माझ थियो । तर त्यसो हुन सकेन । कोरोना भाइरसको संक्रमणको राष्ट्रिय विपत्तिको बेला पपनि मेडिकल सामग्री खरिद जस्तो आपातकालीन विषयमा समेत भ्रष्टाचार भएको कुरा बाहिर आयो ।
राष्ट्रघाती एमसीसी सम्झौता गर्ने दुस्प्रयास गरियो । प्रधानमन्त्रीका विश्वास पात्र तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा प्रकरण, सभामुख प्रकरण, प्रमको खर्चालु जन्मोत्सव पनि चर्चाको विषय बने । यती होल्डिङस र अम्नी ग्रुप, वाइडबडी काण्डको पपनि तिब्र आलोचना भयो । ३३ किलो सुन काण्ड, बालुवाटार जग्गा प्रकारण, यातायात सिन्डिकेट, गुठी विधेयक, उखु किसानको पीडा पनी उत्तीकै चर्चाका विषय बने।
जस्तो सुकै कठिन अवस्थामा पनी निरास नहुनु र निकास खोज्नु मानवीय गुण हो । विश्वव्यापी महामारीबाट मानव जातिको रक्षा आजको पहिलो र ज्वलन्त प्रश्न हो। विश्वव्यापी बिग्रँदो अर्थतन्त्रका बीच हाम्रो देशले नयाँ आर्थिक सम्भावना खोज्नु पर्ने छ । आफ्नै उत्पादनमा जोड गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जोड गर्नु पर्नेछ । व्यापार घाटाको थेग्नै नसक्ने अवस्था हामी सबैलाई जानकारी नै छ । भ्रष्टाचार र बेथितीको नियन्त्रण हाम्रो अर्को प्राथमिक विषय हो।
हामीले बुझ्नु पर्ने विषय यो पपनि हो की भ्रष्टाचार, व्यक्तिगत सम्पत्ति र पूँजीवादको सह उत्पादन हो । हामीले भ्रष्टाचारलाई व्यक्ति र अमूक पार्टीको कमजोरीको रुपमा मात्र होइन राज्य व्यवस्थाकै कमजोरीको रुपमा पनी बुझ्नु आवश्यक छ । अनेकन भेदभाव, भ्रष्टाचार र कुशासनको स्थायी
अन्तमा, हाम्रो बिच रहेका व्यक्तिगत, सामाजिक र राष्ट्रिय चुनौतीहरुसँग जुध्दै, विश्वव्यापी कोरोना महामारीबाट बचेर नयाँ वर्ष २०७७ मा विकास, प्रगति ,उत्साह एवम् असल राज्य व्यवस्था प्राप्तिको बाटोमा अघी बढौं। नव वर्ष २०७७ को हामी सबै मा हार्दिक शुभकामना ।
(लेखक नेकपा (मसाल) प्युठानका प्रवक्ता हुनुहुन्छ ।)